ईभी-थ्री जस्तै देखिने किया सिरोस, अर्को साता सार्वजनिक हुँदै

काठमाडौं । किया मोटर्सले भारतमा उत्पादन गर्ने चौथो मोडल सिरोस आगामी साता सार्वजनिक हुने भएको छ । डिसेम्बर १९ तारिखमा सार्वजनिक हुने सिरोन एसयूभीको फ्रन्ट लुक्स ईभी थ्री जस्तै देखिन्छ ।

इलेक्ट्रीक मोडल ईभी-९ देखि ईभी-थ्रीसम्म सबै मोडल लगभग उस्तै लुक्समा तयार भएको छ । त्यही डिजाइन ल्याङ्गवेजलाई कियाले सिरोसमा पनि निरन्तरता दिएको छ । बक्सी डिजाइनमा तयार भएको एसयूभी किया सोनेटभन्दा ठूलो र सेल्टोसभन्दा सानो साइजमा उपलब्ध हुनेछ ।

किया सिरोसको डिजाइन तस्बिर बाहिर आएसँगै भारतमा यसको चर्चा बढ्दै गएको छ । उसोत कियाले भारतमा यसअघि उत्पादन गरेको सेल्टोस, सोनेट र कारेन्स सबैले राम्रो सफलता पाएको छ । त्यसैले पनि नयाँ मोडलको चर्चा थप हुनु स्वभाविक हो ।

बाहिर आएको तस्बिर अनुसार अनुसार सिरोन एसयूभीमा भर्टिकल एलइडी प्रोजेक्टर टेलल्याम्प, स्लीम भर्टिकल एलइडी डीआरएल र भर्टिकल एल सेपको एलइडी टेलल्याम्प पाउन सकिन्छ ।

बक्सी डिजाइनमा रहेको यो एसयूभी रुफलाइन फ्ल्याट रहेको छ । जसले गर्दा यसको इन्टेरियमा ठूलो क्याबिन स्पेस रहने छ । डिसेम्बर १९ मा देखाइए पनि भारत मोविलिटी एक्स्पोमा यसको मूल्य सार्वजनिक हुने रिपोर्टहरुले दावी गरेका छन् ।

यसको पछाडिको सिट रिक्लाइन गर्न मिल्ने किसिमको हुनेछ । साथै, कम्पनीले सिरोसलाई फिचर लोडेड बनाएर ल्याउन लागेको हो । यसमा ३६० डिग्री क्यामेरा, फ्रन्ट पार्किङ सेन्सर, एडास फिचर, पानारोमिक सनरुफ जस्ता फिचर रहनेछन् ।

पानारोमिक सनरुफ, १०.२५ इन्चको टचस्क्रृन इन्फोटेन्मेन्ट सिस्टम, १०.२५ इन्चकै डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, वायरलेस एप्पल कारप्ले, एन्ड्रोइड अटो, भेन्टिलेटेड फ्रन्ट सिट, अटोमेटिक क्लाइमेट कन्ट्रोल पाउन सकिन्छ ।

दुई इन्जिन अप्सनमा आउने सिरोस एसयूभीमा १.२ लिटर नेचुरल्ली एस्पीरेटेड र १.० लिटर टर्बो पेट्रोल इन्जिनमा उपलब्ध हुनेछ । कियाले यसलाई १.५ लिटर डिजेल इन्जिनमा पनि ल्याउने छ ।


Back_to_top