काठमाडौं । मोरिस ग्यारेज (एमजी)ले आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी ल्याउने भएको छ । जर्मनीमा देखिएको एमजीको पहिलो पीकअप इलेक्ट्रीक मोडल हुने भएको हो ।
एसएआइसी ग्रुप अन्तर्गतको अर्को ब्राण्ड मेक्सस ब्राण्डमा उत्पादन भएको ‘इन्स्टलर एक्स’ पीकअपमै आधारित रहेर एमजीको पीकअप आउने भएको छ । मेक्सस ब्राण्डमा डिजेल, पेट्रोल र ईभी सबै रहेको कारण एमजी ब्राण्डमा पनि सबै अप्सन उपलब्ध हुन सक्नेछ ।

एमजीको पीकअपमा १०२ किलोवाट आवर क्षमताको निकै ठूलो ब्याट्री प्याक दिइएको छ । कम्पनीले फोर ह्वील ड्राइभ अप्सनमा उपलब्ध गराउने पीकअपमा अगाडि १३८ किलोवाट र पछाडि २१६ किलोवाट क्षमताको मोटर रहनेछ । यसको रेन्ज भने ५६० किलोवाट आवर रहने सीएलटीसीले जनाएको छ ।
पेट्रोलियम भर्सनभन्दा ठूलो रहने इलेक्ट्रीक मोडलको लम्बाइ ५६३० एमएम र उचाइ १८७४ एमएम रहनेछ । आधुनिक सुरक्षा फिचर रहने डबल क्याब पीकअप कहिलेबाट बजारमा आउँछ भन्ने एकिन जानकारी बाहिर आएको छैन ।
पाँच जनाले यात्रा गर्न मिल्ने पीकअपमा के कस्ता मोर्डन फिचर उपलब्ध हुन्छ भन्ने विषयमा केही बताइएको छैन ।


