काठमाडौं । कैलालीको धनगढीमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न भएको छ ।
बजाजले आयोजना गरेको माइलेज च्याम्यिनमा प्लाटिनाले ८८ किलोमिटर माइलेज दिएको हो ।
उक्त माइलेज च्याम्पियनमा सहभागी राम दयाल रानाले ८८ किलोमिटर प्रति लिटरको प्रभावशाली प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेका थिए ।
त्यस्तै, ८५ किलोमिटर माइलेजका साथ नरबहादुर साउद दोस्रो स्थान र ८४ किलोमिटर माइलेजका साथचत्रा भण्डारी तेस्रो स्थानमा रहेका थिए ।
उक्त माइलेज च्याम्पियनमा सहभागी चालकहरूले न्यूनतम लागतमा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्य सहित प्रतिस्पर्धा गरेका थिए । यो कार्यक्रमले बजाज प्लाटिनाको इन्धन बचत र भरपर्दो विशेषताहरूलाई झल्काउनुका साथै बजाजप्रेमीहरूबीच समुदाय र मैत्रीपूर्ण प्रतिस्पर्धाको भावना पनि प्रवद्र्धन गरेको बजाज नेपालले बताएको छ । उक्त कार्यक्रममा लगभग १०० जनाले सहभागिता जनाएको कम्पनीले बताएको छ ।
आम ग्राहकवर्गलाई बजाज प्लेटिनाको माइलेजबारे जानकारी दिन उक्त च्याम्पियन आयोजना गरिएको बजाजका एरिया सेल्स म्यानेजर रविन खत्रीले बताए ।


