होन्डा ‘एसपी-१६०’ सार्वजनिक, कहिले आउला नेपाल ?

काठमाडौं । होन्डा एसपी-१६० भारतीय बजारमा सार्वजनिक गरेको छ । होन्डा मोटरसाइकल तथा स्कुटर इन्डियाले एसपी १६० को २०२५ मोडल १ लाख २१ हजार ८५१ भारतीय रुपैयाँ (एक्स शोरुम) मूल्य तोकेर सार्वजनिक गरेको हो ।

कम्पनीले केही दिन अघिमात्र होन्डा एक्टिभाको नयाँ भेरियन्ट र एसपी १२५ को २०२५ अपडेटेड भेरियन्ट सार्वजनिक गरेको थियो ।

होन्डाले एसपी-१६० लाई बीएस ६ फेज टू इन्जिनमा अपग्रेड गरेको हो । यसअघि भारतमा बिक्री हुँदै आएको एसपी-१६० नेपाल भने आएको थिएन । अहिलेसम्म पनि नेपाली बजारमा उपलब्ध नभएको एसपी-१६० अब भने नेपाल आउन सक्ने मोडल हो ।

होन्डा एसपी-१६० मोटरसाइकलमा १६२.७१ सीसी सिंगल सिलिन्डर इन्जिन दिएको छ । यसले १३.२७ हर्षपावरका साथै १४.५८ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीड गियरबक्स जडान गरिएको छ ।

बीएस ६ फेज टू इन्जिनमा अपग्रेड भएसँगै यसको पर्फमेन्स र माइलेज वृद्धि भएको कम्पनीको दावी छ ।

नयाँ एसपी १६० मा ४.२ इन्च टिएफटी डिस्प्ले दिएको छ । यसमा कनेक्टिभिटी फिचर, टर्न वाइ टर्न नेभिगेशन, कल÷एसएमएस अर्लट, म्यूजिक प्लेब्याक जस्ता फिचर पाउन सकिन्छ । यसमा टाइप सी चार्जर दिइएको छ ।

यो मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन, रियरमा मोनोशक सस्पेन्सन, दुबैतर्फ डिस्क ब्रेक, सिंगल च्यानल एबीएस, एलइडी हेडल्याम्प जस्ता फिचर उपलब्ध छन् ।


Back_to_top