काठमाडौं । अमेरिकाको लस भेगासमा टेस्ला साइबर ट्रक बिस्फोट भएको छ । उक्त विष्फोटमा एक जनाले ज्यान गुमाएका छन् भने सात जना घाइते भएको बताइएको छ ।
अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पको होटल बाहिर भएको साइबर ट्रक बिस्फोट गाडीको खराबीको कारण नभएर विस्फोटक पदार्थको कारण विस्फोट भएकाले यसलाई आतंकवादी आक्रमणको रुपमा अनुषन्धान भइरहेको छ ।
के कति कारण साइबर ट्रकमा विस्फोटक पदार्थ लोड गरेर ल्याइएको थियो भन्ने विषयमा अनुषन्धान भइरहेको छ भने मृतकको पहिचान पनि खुलिसकेको छैन । ट्रम्प इन्टनेशनल होटलको पार्किङ क्षेत्रमा प्रबेश गरेको १५ देखि २० सेकेन्ड भित्रै उक्त साइबर ट्रक विस्फोट भएको थियो ।
टेस्लाका सीईओ इलन मस्कले विस्फोटको कारण साइबर ट्रकमा राखिएको विस्फोटक पदार्थ भएको बताउँदै भने, ‘गाडीको टेलिमेट्रीक डाटा ठिक छ । गाडीमा कुनै समस्या थिएन ।’


