जेको जे-६ अल ह्वील ड्राइभ मोडललाई ट्रयाकमा चलाएर हेर्दा…

काठमाडौं । इलेक्ट्रीक एसयूभीको अल ह्वील ड्राइभ भर्सनलाई अफरोड ट्रयाकमा चलाउने अवसर आधिकारीक बिक्रेता एसपीजी अटोमोवाइलले मिलाएको थियो । गोकर्ण फरेष्ट रिसोर्टको एउटा छेउमा तयार पारिएको ट्रयाकमा अल ह्वील ड्राइभ जे–६ को टेष्ट ड्राइभ गर्ने प्रबन्ध मिलाइएको थियो ।

करिब ७०/८० जनाले टेष्ट ड्राइभ गरेका थिए । रियर ह्वील ड्राइभ र अल ह्वील ड्राइभ दुबैमा यात्रा गर्न सकिनेगरी तयार पारिएको ट्रयाक छोटो भएको कारण कठिन बाटोको अनुभव गर्न सकिएन । तर, रियर ह्वील र अल ह्वील दुबै मोडल टेष्ट गर्न पाएको कारण केही कुरामा अन्तर छुट्टाउन भने सकिन्थ्यो ।

कम्पनीले टेष्ट ड्राइभ गराएको गाडी लेफ्ट ह्याण्ड ड्राइभ भर्सन थियो । त्यसैले कति चालकहरु झुक्किएको अनुभूति गरिरहेका थिए । तर अन्य गाडी नआउने स्थानमा ट्रयाक बनाएर गरिएको परीक्षण भएकाले सबैले सहजै उक्त गाडी चलाएका थिए ।

रियर ह्वील ड्राइभ र अल ह्वील ड्राइभमा के फरक छ भन्ने प्रश्न धेरैको मनमा उब्जिएको छ भने, पावरमा तत्काल फिल गर्न सकिन्छ । सियर ह्वील ड्राइभ मोडलमा १३५ किलोवाटको मोटर छ । तर, हामीले टेष्ट गरेको अल ह्वील मोडलमा २०५ किलोवाटको मोटर थियो । ट्रयाकमा चलाउँदा अल ह्वील ड्राइभको पावर सहजै अनुभव गर्न सकिन्थ्यो ।

छोटो र कम चुनौती पूर्ण लाग्ने ट्रयाकमा दुबै भेरियन्टको पर्फर्मेन्स उत्कृष्ट थियो । अल ह्वील ड्राइभ हुँदा जस्तो सुकै बाटोमा पनि चालकलाई थप आत्मबल प्राप्त हुनेनै भयो । तर, अहिले तयार गरिएको ट्रयाकमा थ्रील भने अनुभव गर्न पाइएन ।

पावरका अलावा रियर ह्वील ड्राइभको तुलनामा अल ह्वील ड्राइभ भर्सनमा सिट कम्र्फट थप राम्रो बनाइएको छ । हिटेट र भ्यान्टिलेटेड सिट, विभिन्न ९ ड्राइभिङ मोड र धेरै स्थानमा जेको ब्राण्डलाई प्रमोट गरेको पाइन्छ । यसले अल ह्वील ड्राइभलाई पवारफुलसँगै पृथक बनाउन सफल भएको छ ।


Back_to_top