चेरीले बेच्यो २६ लाख कार, ईभीको बिक्रीमा २३३ प्रतिशतले वृद्धि

काठमाडौं । चेरी अटोमोवाइल ग्रुपले सन् २०२४ मा २६ लाख ३ हजार ९१६ युनिट गाडी बिक्री गरेको छ । कम्पनीले चेरी र अन्य सहायक ब्राण्ड मिलाएर उक्त संख्यामा गाडी उत्पादन र बिक्री गरेको हो ।

अघिल्लो वर्षको तुलनामा चेरीको बिक्री ३८.४ प्रतिशतले बढेको देखिन्छ । चीनको ठूलो र पुरानो मध्येको एक ब्राण्ड चेरीसँग ओमोडा र जेको न्यू इनर्जी ब्राण्ड छ । त्यस्तै चेरी ब्राण्डमा हाइब्रिड र कम्बस्चन इन्जिन कारको उत्पादन हुँदै आएको छ । विस्तारै चेरी ब्राण्डमा पनि ईभीको उत्पादन भइरहेको छ ।

चेरीले यस अवधिमा गरेको बिक्रीमा चीन बाहिर ११ लाख ४४ हजार ५८८ युनिट रहेको छ । निर्यात पनि कम्पनीले २१.४ प्रतिशतले वृद्धि गरेको हो ।

न्यू इनर्जी भेहिकलमा ओमोडा, जेको, जेटोर र चेरी ब्राण्डको संयुक्त बिक्री ५ लाख ८३ हजार ५६९ युनिट पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा २३२.७ प्रतिशतले वृद्धि भएको हो ।


Back_to_top