काठमाडौं । हुन्डाई मोटर्स इन्डियाले क्रेटा ईभीलाई विभिन्न ५ भेरियन्टमा उपलब्ध गराउने भएको छ । कम्पनीले भारतमा ५ भेरियन्टसहित क्रेटा ईभीको बुकिङ खुला गरेको हो ।
हुन्डाईले क्रेटा ईभीलाई एजुकेटीभ, स्मार्ट, स्मार्ट (अप्सनल), प्रिमियम र एक्सीलेन्स भेरियन्टमा ल्याएको हो । दुई ब्याट्री अप्सनमा उपलब्ध एसयूभीमा ४२ र ५१ किलोवाट आवरको ब्याट्री दिइएको छ । सानो ४२ किलोवाट आवरको ब्याट्रीमा भने दुई भेरियन्ट स्मार्ट (अप्सनल) र एक्सीलेन्स मात्रै बुकिङ खुला भएको हो ।
कम्पनीले क्रेटा ईभीमा मोटर पनि दुई साइजको प्रयोग गरेको रिपोर्टहरु बाहिर आएका छन् । तर, कम्पनीले अहिलेसम्म मोटर पावरको आधिकारीक घोषणा भने गरेको छैन । सम्भवत १०० किलोवाट र १२५ किलोवाट क्षमताका दुई मोटर रहनेछन् । मोटर पावर र मूल्यको घोषणा भने जनवरी १७ तारिखमा हुनेछ । नयाँ दिल्लीमा जनवरी १७ तारिखबाट भारत मोविलिटी एक्स्पो २०२५ सुरु हुँदैछ ।
क्रेटाको ठूलो ब्याट्रीसँग १२५ किलोवाट र सानो ब्याट्रीसँग १०० किलोवाटको मोटर रहनेछ । नेपालमा चल्तीमा १०० किलोवाटको मोटर भएको कारण सनो साइजको ब्याट्री भएको क्रेटा ईभी तत्काल नेपाल आउने छ । त्यसैले दुई भेरियन्टमा क्रेटा ईभी नेपालमा उपलब्ध हुनेछ ।
हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आधिकारीक जानकारी नदिएपनि क्रेटाको स्मार्ट (अप्सनल) र एक्सीलेन्स भेरियन्ट नेपाली बजारमा उपलब्ध हुनेछ ।
भारतमा २५ हजार बुकिङ रकम लिएर कम्पनीले बुकिङ सुरु गरेको हो । जनवरी अन्तिमसम्ममा नेपाल आइपुग्ने अनुमान गरिएको क्रेटा ईभी फेब्रुअरी दोस्रो साताबाट बिक्री सुरु हुने अनुमान गरिएको छ ।