एक्सपेङका सीईओले देखेको ईभीमा हुने ‘प्राइस वार’

काठमाडौं । ‘विश्व विद्युतीय साधनको बजार सन् २०२५ मा थप प्रतिस्पर्धी, थप चुनौतीको सामाना र भूराजनीतिको चपेटामा पर्ने देखिन्छ । यी सबै चुनौतीका बाबजुद विद्युतीय सानधको बजार भने बढ्ने नै छ’, यो भनाई हाम्रो होइन, चिनिया स्टार्टअप ईभी कम्पनी एक्सपेङका सीइओ हे साओपेङको हो ।

चिनियाँ संचार माध्यम सीनईभी पोस्टलाई प्राप्त आन्तरिक पत्रमा सीइओ साओपेङले ईभी मार्केट अब ‘वार’मा जाने प्रक्षेपण गरेका हुन् । उनले यो वर्षको जनवरी देखिनै ईभी बजारमा ‘प्राइस वार’ सुरु हुने समेत दावी गरेका छन् ।

उनका अनुसार चीनका उपभोक्ताहरुको चाहिनेभन्दा बढी मागका कारण स्थानिय भेहिकल उत्पादनमा आएको उछालका कारण उद्योगका लागि दुई समस्या देखापरेको छ । पहिलो समस्या स्थानीय स्तरमा विकास भएका १०० भन्दा बढि ईभी निर्माताहरुले एक आपसमा ‘कट थ्रोट कम्पीटीसन’ गर्नेछन् । यस्तो प्रतिस्पर्धाले साना ईभी उत्पादकहरु टिक्न सक्ने छैनन् ।

दोस्रो समस्या धेरै उत्पादन क्षमता भएका ठूला ईभी कम्पनीहरु पनि अन्तर्राष्ट्रिय बजार नपाउँदा समस्यामा पर्ने नै छन् ।

एक्सपेङको भनाईमा आगामी दुई वर्ष सफल हुुनका लागि अझै महत्वपूर्ण रहनेछ । अहिलेसम्म एक्सपेङ ३० देशमा प्रबेश गरिसकेको छ । कम्पनीले आगामी २०२६ सम्ममा ६० देशमा पुग्ने लक्ष्य बनाएको छ । कम्पनीको अन्तर्राष्ट्रिय विस्तारबाट कुल बिक्रीको ५० प्रतिशन हिस्सा चीन बाहिर पुग्ने योजना बनाएको छ । जसका कारण स्थानीय बजारमा भइरहेको ‘प्राइस वार’ अब चिनियाँ बोर्डर हुँदै विश्वभर पुग्नेछ ।

विश्व बजारमा आफ्नो व्यवसाय स्थापना गर्नको लागि चेरी र एसएआईसीले विभिन्न देशमा ‘नक डाउन किड एसेम्बल वर्कशप’हरु स्थापना गरिसकेका छन् । यसो गर्नुका कारण कम्पनीले जतिसुकै मूल्य घटाउदै जाँदा पनि इम्पोर्ट ट्याक्स बढाएर युरोप र अमेरिकाले चिनियाँ ईभीलाई सजिलै छिर्न दिने छैनन् ।

सबैभन्दा ठूलो प्रश्न भनेको कसरी अटोमेकरहरुले कम प्राइसमा ईभी उत्पादन गर्ने भन्ने हो । यसका लागि धेरैभन्दा धेरै सरकारी अनुदान, कस्ट कटिङ मेजर वा घाटा सहेरै भएपनि अन्य बजारमा प्रबेश गर्न सक्नु पर्ने हुन्छ । त्यसको लागि जसरी भए पनि चिनियाँ इभी उत्पादकहरु एक अर्काको साथमा रहनु आवश्यक छ । अन्यथा मर्जर वा एक्युजेसनमा जानु अन्तिम विकल्प हुनेछ ।


Back_to_top