काठमाडौं । एसएआईसी–जिएम र विलिङको संयुक्त लगानी रहेको विलिङ ब्राण्डका गाडीमा म्याजिक ब्याट्री प्रयोग हुने भएको छ । चीन बाहिर पहिलो पटक इन्डोनेशियामा विलिङले ब्याट्री प्लान्ट संचालनमा ल्याएसँगै म्याजिक ब्याट्री उत्पादन थालेको हो ।
नेपाली बजारमा विलिङका गाडी इन्डोनेशियाबाट आयात हुँदै आएको छ । त्यसैले पनि म्याजिक ब्याट्री बारे चासो नेपालमा पनि रहन्छ । कम्पनीले २०२४ को मध्यबाट ब्याट्री प्लान्ट लगाउने काम सुरु गरेको थियो । करिब साँढे चार महिनामा उक्त प्लान्ट जडान भएको हो ।
५४ लाख ८० हजार अमेरिकी डलर लागतमा तयार भएको प्लान्ट जाकर्तामा रहेको छ । प्लान्ट तयार भएसँगै कम्पनी कम्पनीले त्यहाँ उत्पादन हुने म्याजिक ब्याट्रीका बारेमा जानकारी बाहिर ल्याएको हो । कम्पनीको आधिकारीक डाटा अनुसार म्याजिक ब्याट्री लिथियम आइरन फस्फेटमा आधारित छ । यसको पीकपावर ३०० किलोवाट र इनर्जी डेन्सीटी १६५ वाट÷केजी छ । साथै, यसको डिस्चार्ज इफिसियन्सी ९६ प्रतिशत छ भने ब्याट्री लाइफ ६५०० साइकल रहेको छ ।
ट्रेडिस्नल ब्याट्रीका प्याकहरु यू आकारमा पाइन्छ । तर, म्याजिक ब्याट्रीको प्याकहरु एल आकारमा तयार गरिएको छ । उक्त एल आकारले सर्ट सर्किट हुने खतरा कम गर्ने कम्पनीको दावी छ । साथै, ब्याट्री प्याकमा गरिएको सिरामिक कोटीङले थर्मल रनवेको सम्भावना पनि न्यून गर्छ ।

