टीभीएसको पहिलो एड्भेन्चर मोटरसाइकल यही महिना आउने

काठमाडौं । टीभीएस मोटर्सले एड्भेन्चर मोटरसाइकल ल्याउन लामो समयदेखि काम गर्दै आएको छ । कम्पनीले सुरूवातमा ३१० सीसी सेग्मेन्टमा एड्भेन्चर मोटरसाइकल ल्याउने तयारी थालेकोमा अहिले नयाँ ३०० सीसी इन्जिन तयार पारेको हो ।

२०२४ को अन्तिममा सम्पन्न मोटोसोलमा कम्पनीले पहिलो पटक ३०० सीसी इन्जिन सार्वजनिक गरेको थियो भने त्यसको केही दिनपछि नयाँ एड्भेन्चर टूरर मोटरसाइकल परिक्षणको क्रममा देखिएको थियो ।

सार्वजनिक स्पाइ तस्बीरमा सेमि फियर्ड डिजाइनमा देखिएको एड्भेन्चर मोटरसाइकलको फ्रन्टमा टल भाइजर, टीएटी डिस्प्ले, अलोय ह्वील, एलइडी लाइट, एलईडी इन्डिकेटर, स्प्लीट सिट, गोल्डेन कलर यूएसडी फर्क जस्ता फिचर देखिएको छ ।

यो मोटरसाइकलको फ्रन्टमा १९ इन्च र रियरमा १७ इन्चको टायर देख्न सकिन्छ । मोटरसाइकलको दुवैतर्फ डिस्क ब्रेक, लगेज र्याक, अपस्वेप्ट ट्वीन एक्जष्ट प्रयोग गरिएको छ ।

अपाचे आरटीएक्स ३१० मा मोटोसोलमा प्रदर्शन गरिएको ३०० सीसी इन्जिन प्रयोग हुने अनुमान गर्न सकिन्छ । यो इन्जिनले ३५।४५ पीएस पावरका साथै २८।५ एनएम टर्क जेनेरेट गर्छ । यसमा स्लीपर क्लचका साथै ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।

आगामी जनवरीमा हुने भारत मोबिलिटी एक्स्पोमा टीभीएस अपाचे आरटीएक्स ३१० एड्भेन्चर मोटरसाइकल प्रदर्शन हुने अनुमान गर्न सकिन्छ ।


Back_to_top