मालिकाले नसकेपछि विभाग आफैँले सुरु गर्‍यो लाईसेन्स छाप्न, अझै ४ लाख वेटिङमा

काठमाडौं । यातायात व्यवस्थापन विभागले दैनिक ३ हजार लाईसेन्स प्रिन्ट गरिरहेको छ । मालिका इनकर्पोरेटसँगको ठेक्का अवधि सकिए पछि विभाग आफैले लाईसेन्स प्रिन्ट गर्न थालेको हो । 

मालिकाले समयमा लाईसेन्स प्रिन्ट गर्न नसकेको र म्यादसमेत सकिएकाले हाल विभागबाटै लाईसेन्स प्रिन्ट भइरहेको विभागका निर्देशक गोकर्णप्रसाद उपाध्यायले बताए । 

‘अब हामी आफै लाईसेन्स छाप्ने छौँ, हामीले छाप्न सुरुसमेत गरिसकेका छौँ,’ उपाध्यायले मेरोअटोसँग भने । 

विभागले वितरण गर्न बाँकी रहेको करिब ७ लाख ५० हजार कार्ड मध्य मालिकाले ३ लाख ६० हजार कार्ड प्रिन्ट गरेर दिएकाले अझै ४ लाख कार्ड अपुग रहेको छ । यस्तोमा विभागले दैनिक ३ हजार कार्ड प्रिन्ट गर्दा पनि मागलाई धान्न सक्ने अवस्था छैन । 

लाईसेन्सको पर्खाइमा रहेका नागरिकले आवेदन दिएको एक वर्ष बितिसक्दा पनि अझै लाईसेन्स पाउन सकिरहेका छैनन् ।

मालिकाको दाबी 

सम्झौता भएको सुरुवाति समयमै विभागले पठाएको सामाग्रीमा समस्या आएकाले प्रिन्ट गर्न ढिलाइ भएको कालिकाका म्यानेजिङ डिरेक्टर सुरेन्द्र ढकालले बताए । 

उनका अनुसार विभागले दिएको ४५ दिनको अवधिमा प्रतिदन ४ देखि ५ सयको हाराहारीमा मात्रै लाईसेन्स प्रिन्ट हुन सम्भव भएको थियो । 

यस्तै विभागले आफ्नै कारण लाईसेन्स प्रिन्टमा ढिलाइ भएपछि मालिकालाई थप ३० दिन समय अवधि दिएको थियो । 

विभागसँग भएको सम्झौता अनुसार मालीकाले लगभग ६ लाख लाईसेन्स प्रिन्ट गर्नु पर्ने थियो तर, कम्पनीले ३ लाख ६० हजार हाराहारीमा मात्रै छपाई गर्न सक्यो ।

‘उताबाट पठाउने डकुमेन्टमा नै समस्या आएपछि हामीले के प्रिन्ट गर्ने हो, त्यही भएर हामीले समय नै मागेनौ, तर, विभाग आफैले ३० दिन थप गरेको थियो,’ मेरोअटोसँग ढकालले भने । 

उनले थप ३० दिनका लागि विभागले समय दिए पनि उक्त अवधिमा पनि डाटामा समस्या आयो । यद्यपी हामीले झण्डै १७/१८ दिनको अवधिमा ३ लाखको हाराहारीमा लाईसेन्स प्रिन्ट गरेर दियौं । 

विभागले असोज २९ गते मालिकासँग सम्झौंता गरेर कार्ड छाप्न दिएको थियो । गत शनिवार अर्थात् पुष २८ गतेबाट मालिकासँगको सम्झौंता सकिएको छ । 

विभागसँग भएको सम्झौता अनुसार मालीकाले लगभग ६ लाख लाईसेन्स प्रिन्ट गर्नु पर्ने थियो तर, कम्पनीले ३ लाख ६० हजार हाराहारीमा मात्रै छपाई गर्न सक्यो ।

विभाग र मालिकाबीच प्रतिकार्ड १५ रुपैयाँको दरले ४५ दिनमा लाईसेन्स छाप्ने सम्झौंता भएको थियो । त्यति मूल्यमा ब्ल्याक एण्ड ह्वाइट मात्र प्रिन्ट गर्न सकिन्थ्यो, तर गुणस्तर हिन देखिने भएकाले आफुहरुले घाटा खाएरै भएपनि रंगिन प्रिन्ट गरेर विभागलाई दिएको मालिकाले दाबी गरेको छ । 


Back_to_top