सुजुकी जिम्नी पिकअपमा आउने, यस्तो छ तयारी

काठमाडौं । जापानीज अटोमोवाइल कम्पनी सुजुकीले सिरेरा पिकअप अवधारणामा सुजुकी जिम्नीलाई निर्माण सुरु गरेको समाचारहरु आउन थालेका छन् । रेट्रो क्लासिक स्टाइलमा निर्माण हुने न्यू जेनेरेशनको जिम्नी कम्पनीको अर्काे आकर्षक मोडल बन्ने चर्चा सुरु भएको छ । 

जिम्नी पिकअपमा साइड बडी प्यानल, बडी कलर ग्रिल, रोल हुप, एलईडी स्पोट लाइट, सिल्भर स्किड प्लेट, ब्ल्याक लोअर बडी क्लेडिङ्ग, वाइड फिनिस रुफ र स्टील ह्वील तथा अफरोड टायर दिइनेछ । कम्पनीले यो मोडलमा १.५ लिटर टर्बाेचार्ज्ड थ्री–सिलिन्डर पेट्रोल इन्जिनले दिइने छ । 

कम्पनीले यो मोडललाई सन् २०२० बाट अमेरिकी बजारमा बिक्री वितरण सुरु गर्ने अनुमान गरिएको छ । 


Back_to_top