काठमाडौं । महिन्द्राले आफ्नो इलेक्ट्रीक एसयूभी एक्सईभी-९ई र बीई-६ दुई एसयूभीलाई भारत मोविलिटी एक्स्पो २०२५ मा पनि प्रदर्शनी गरेको छ । कुनै पनि ब्राण्डले इन्टरनल कम्बस्चन गाडीलाई प्राथमिकतामा राखेर प्रदर्शनी नगरेको एक्स्पोमा महिन्द्राका दुबै एसयूभी निकै रुचाइएको देखिन्छ ।
भारतमा मूल्य घोषणा भएर बिक्री सुरु हुने तयारीमा रहेको यी दुबै इलेक्ट्रीक एसयूभी १८ लाखदेखि ३० लाख भारतीय रुपैयाँसम्म मूल्यमा किन्न पाइने छ । नेपाली बजारमा पनि आउने बीई-६ र एक्सईभी-९ई समान ब्याट्री साइजमा उपलब्ध मोडल हो ।

मन्द्रिाले ५९ र ७९ किलोवाट आवरको ब्याट्री प्याकमा उपलब्ध गराएको यी दुबै एसयूभी निकै मोर्डन डिजाइनमा छन् । मोटर पावर १७० किलोवाटबाट सुरु हुनेछ ।
कटिङ एज टेक्नोलोजीको भरपुर प्रयोग, स्लीक र मोर्डन डिजाइनमा उपलब्ध दुबै एसयूभी सन् २०२५ भित्रै नेपाल आउने छन् । यी दुबै एसयूभी चार्जिङ, रेन्ज र पर्फमेन्समा उत्कृष्ट रहने छ ।



