नाडा र  भारतीय अटोमोबाइल संस्था बीच ४ बुँदे सम्झौता

काठमाडौं । नेपाल अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा, अटोमोटिभ स्किल डेभलपमेन्ट काउन्सिल (एएसडीसी) र अटोमोटिभ कम्पोनेन्ट म्यानुफयाक्चर्स एशोसिएशन (एसीएमए) बीच त्रिपक्षीय सम्झौता भएको छ ।

आइतबार तीन संस्था बीच विभिन्न क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी चार बुंँदे सम्झौता सम्पन्न भएको हो । उक्त सम्झौतामा नाडाका तर्फबाट अध्यक्ष करण चौधरी, एएसडीसीका प्रमुख कार्यकारी अधिकृत अरिमदम लाहिरी र एसीएमएकोतर्फबाट महानिर्देशक भिनी मेहताले हस्ताक्षर गरेका छन ।

सम्झौता अनुसार नेपालको अटोमोटिभ म्यानुफ्याक्चरिङ र डिलरशीप क्षेत्रमा सीप विकासलाई अटो क्षेत्रमा संलग्न प्रशिक्षक, मूल्यांकनकर्ता  र नाडा व्यवसायीहरूलाई तालिम प्रदान गरिने छ ।

त्यस्तै, तीनै पक्षहरूले नेपालको अटोमोटिभ क्षेत्रको मागहरू पूरा गर्न तालिमका लागि पूर्वाधारलाई सुदृढ गर्न शीप विकासका लागि तालिमकर्ता र मूल्यांकनकर्ताहरू तयार गरिने सम्झौता भएको छ  ।

भारतको अटोमोटिभ क्षेत्रको लागि शीप विकास परिषद्को रूपमा, पाठ्यक्रम विकास, तालिम डेलिबरी, र मूल्यांकन मेकानिजममा विशेषज्ञता हासिल गरेको एएसडीसीले एसीएमएसंग मिलेर नेपाली अटोमोटिभ क्षेत्रलाई फाइदा पुर्याउने कार्य गर्ने सहमती भएको छ ।

यो ऐतिहासिक त्रिपक्षीय सझौताले नेपालको अटोमोबाइल क्षेत्रको शीप विकासको लागि कोशेढुंगा सावित हुने नाडाको विश्वास छ ।


Back_to_top