हिरो एक्स्ट्रीम २५० आर मोटरसाइकल सार्वजनिक, मूल्य कति ?

काठमाडौं । हिरो मोटोकर्पले नयाँ हिरो एक्स्ट्रीम २५० आर मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले नयाँदिल्लीमा जारी भारत मोबिलिटी एक्स्पो २०२५ मा उक्त मोटरसाइकल सार्वजनिक गरेको हो ।

कम्पनीले भारतीय बजारमा उक्त मोटरसाइकलको मूल्य १ लाख ८० हजार भारु (एक्स शोरुम) तोकेको छ । नयाँ एक्स्ट्रीम २५० आरमा लो–स्लङ्ग हेडल्याम्प, सार्प एक्टेन्सनका साथ स्कल्प्टेड गरिएको इन्धन ट्याङ्की र अपस्वेप्ट गरिएको टेल सेङसन रहेको छ । जसले मोटरसाइकललाई क्लियर र एथलेटिक स्ट्यान्स लुक्स दिएको छ ।

यस मोटरसाइकलमा टीएफटी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ । जसमा ब्लुटूथ मार्फत स्मार्टफोन कनेक्ट गर्न सकिन्छ । यसका साथै, यसमा टर्न बाइ टर्न नेभिगेसन, म्युजिक कन्ट्रोल, कल एसएमएस अलर्ट नटिफिकेसन, भेहिकल डायग्रोस्टिक मनिटरिङ सिस्टम, ड्र्याग टाइमर, ल्याप टाइमर, पूरा एलईडी लाइट जस्ता सुविधा फिचरहरू छन् ।

नेकेट स्पोर्टी डिजाइनमा देखिएको एक्स्ट्रीम २५० आरको फ्रन्टमा अप साइड डाउन फोर्क र रियरमा ६ स्टेप प्रिलोड एड्जस्टेवबल मोनोसक सस्पेन्सन सेटअप, ट्युबलेस टायर, अलोय ह्वील, दुवै टायरमा डिस्कब्रेकका साथै सिंगल च्यानल स्वीचेबल एबीएस सिस्टम पाउन सकिन्छ ।

कम्पनीले नयाँ हिरो एक्स्ट्रीम मोटरसाइकलमा २५० सीसी क्षमताको लिक्वीड कुल्ड, डीओएचसी, फोर भल्ब, एफआई इन्जिन दिएको छ । यस इन्जिनले अधिकतम ९ हजार २५० आरपीएममा ३० ब्रेकहर्स पावर तथा ७ हजार २५० आरपीएममा २५ एनएम टर्क जेनेरेट गर्छ ।

६ स्पीडको गियरबक्सका साथ स्लिपर र असिस्ट क्लच उपलब्ध यस मोटरसाइकलले ०-६० किलोमिटर प्रतिघण्टाको स्पीड मात्रै ३.२५ सेकेण्डमा पूरा गर्ने कम्पनीको दाबी छ ।


Back_to_top