काठमाडौं । ट्रायम्फ नेपालले आफ्नो दोस्रो औपचारिक मोटरसाइकल राइड सम्पन्न गरेको छ । कम्पनीले ‘ट्रायम्फ लिगेसी राइड’ नाम दिएको राइड कुश्मा पुगेर समापन भएको हो ।
ट्रायम्फ नेपालको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाशचन्द एण्ड कम्पनीले आयोजना गरेको तीन दिने राइडमा ३० राइडरहरुले सहभागीता जनाएका थिए ।
काठमाडौंको नक्सालदेखि सुरू भएको यो राइड पृथ्वी राजमार्ग÷पुष्पलाल राजमार्ग हुदै कुश्मा पुगेको हो । यो यात्रामा राइडहरुले लगभग ६०० किलोमिटर मोटरसाइकल चलाएका थिए ।
यो राइड कार्यक्रम मोटरसाइकल चलाउने मात्र नभइ स्थानीय व्यापार प्रवद्र्धन र आन्तरिक पर्यटन बिस्तारमा टेवा पुर्याउने लक्ष्यका साथ गरिएको बताउँदै ट्रायम्फ नेपालका प्रबन्धक सागर थापाले भने, ‘ट्रायम्फ लिगेसी राइडः कुश्मा एडिसन ट्राइम्फ मोटरसाइकल राइडरहरूको उत्सव मात्र नभई नेपालको बढ्दो मोटरसाइकल कल्चरको नयाँ यात्राको सुरुवात पनि हो ।’
ट्रायम्फ नेपालले दुई मोडलका मोटरसाइकल बिक्री गर्दै आएको छ । छोटो समयमा नै कम्पनीले राम्रो ब्यापार गर्न सफल भएको छ । कम्पनीले ४०० सीसी सेग्मेन्टमा ट्रायम्फ स्पीड ४०० को मूल्य ६ लाख ३९ हजार ९०० रुपैयाँ र स्क्रयाम्बलर ४०० एक्सको मूल्य ६ लाख ८९ हजार ९०० रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।


