हुन्डाईले अब नयाँ कारमा इको फ्रेण्डली पावर टेक्नाेलोजी प्रयोग गर्ने

काठमाडौं । हुन्डाईले भारतीय बजारमा लन्च गर्ने नयाँ लाइनअपमा इको फ्रेण्डली पावर टेक्नलोजी प्रयोग गर्ने भएको छ ।

कोरियन अटोमोबाइल कम्पनी हुन्डाईले अन्तर्राष्ट्रिय बजारमा प्रयोग भइरहेको हाइब्रिड, हाइड्रोजन फ्युल सेल, फ्लेक्स फ्युल टेक्नलोजी जस्ता सबै प्रविधि भित्र्याउने भएको हो ।

हुन्डाईले भारतमा पहिलो इलेक्ट्रीक भेहिलक हुन्डाई क्रेटा लन्च गरिसकेको छ । कम्पनीले यसैवर्ष भारतमा ईभीको २० प्रतिशत बजार हिस्सा पुर्याउने लक्ष राखेको छ ।

भारतीय सरकारले अटो इन्डष्ट्रीमा इथानलको प्रयोग गर्न प्रोत्साहन गरिरहेको छ । गत मार्चमा इण्डियन आयलले पेट्रोल फ्री इथानोल ई १०० लन्च गरको थियो । यो फ्युल महाराष्ट्र, कर्नाटक, उत्तर प्रदेश, नयाँ दिल्ली र तामिल नाडुका १८३ इण्डियन आयल आउटलेटमा उपलब्ध भइसकेको छ।

भारतमा टाटा मोटर्स र हुन्डाईले इथानोलबाट मात्रै भेहिकल गुड्ने इन्जिनको परीक्षण गरिरहेका छन् । हुन्डाईले हालै मात्र १.० लिटरको टर्बो चार्ज्ड मोडिफाइड इन्जिन भएको क्रेटा शोकेस गरेको थियो । यो एसयूभी इथानोल मात्र हालेर चलाउन सकिन्छ ।

हुन्डाईले निकट भविष्यमै फुल्ली हाइब्रिड टेक्नलोजी भएको स्ट्रङ हाइब्रिड एसयूभी लन्च गर्ने भएको छ । यसमा १.६ र २.५ लिटरको टर्बोचार्ज पेट्रोल इन्जिनमा इलेक्ट्रीक मोटर पनि हुनेछ ।


Back_to_top