२ लाख ३५ हजारमै याडियाको १५० किलोमिटर रेन्ज दिने स्कुटर

काठमाडौं । याडियाको १५० किलोमिटर रेन्ज भएको स्कुटर नेपाली बजारमा सार्वजनिक भएको छ । कम्पनीले याडिया इपोक स्कुटरको मूल्य २ लाख ३५ हजार तोकेर बिक्री सुरू गरेको हो ।

याडिया इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कुजु नेपालले याडिया इलेक्ट्रीक स्कुटर ‘इपोक’ एक कार्यक्रम गर्दै सार्वजनिक गरेको हो ।

याडिया इपोकमा ३००० वाटको ह्वील हब मोटर र ७२ भोल्ट ३८ एम्पियरको ग्राफिनी ब्याट्रीप्याक पाउन सकिन्छ । यस स्कुटरले एकपटकको फुलचार्जमा १५० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ ।

इपोक स्कुटरलाई १६ डिग्रीसम्मको क्लाइम्बिङ एगंलमा सजिलै चलाउन सकिने छ ।

फुल्ली क्रोम प्लेटेड डिजाइनमा तयार भएको इपोक स्कुटरमा पूरा एलईडी लाइट, भिजिबलिटी डिस्ट्यान्स लाइट, ७ इन्चको डिजिटल ड्यास बोर्ड, याडिया कनेक्ट एप सिस्टम, स्मार्ट साइड स्ट्यान्ड, डबल डिस्क ब्रेक, हाइड्रोलिक सक अब्जर्बार र ३० लिटर क्षमताको बुट स्पेस जस्ता अत्याधुनि फिचरहरू छन् ।

 


Back_to_top