मोटो माइलले एकैपटक किन्यो १५ युनिट रोयल इनफिल्ड हिमालयन ४५०

काठमाडौं । रोयल इनफिल्ड हिमालयन ४५० मोटरसाइकल एकैपटक १५ युनिट डेलिभरी भएको छ । मोटो माइल प्रालिले १५ युनिट रोयल इनफिल्ड खरिद गरेको हो ।

आज नक्साल सोरुममा आयोजित एक कार्यक्रमका बीच रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभका निर्देशक हर्ष सांघाई र मेधराज पौडेलले मोटो माइललाई मोटरसाइकल हस्तान्तरण गरेको हुन् ।

मोटो माइल प्रालिले टूरिजम क्षेत्रमा काम गर्दै आएको छ । कम्पनीले मोटरसाकल रेन्टल तथा एड्भेन्चर राइड आयोजना गर्ने उद्देश्यले हिमालयन खरिद गरेको बताएको छ । मोटो माइलले लामो समयदेखि रोयल इनफिल्डका मोटरसाइकल रेन्टलको काम गर्दै आएको छ ।

अल्फा अटोमोटिभले हिमालयन ४५० भेरियन्ट अनुसार ९ लाख ८९ हजारदेखि १० लाख ३९ हजार रुपैयाँसम्म बिक्री गर्दै आएको छ ।

रोलय इनफिल्ड हिमालयन ४५० मा ४५२ सीसी सिंगल सिलिन्डर, लिक्विड कुल्ड, ४ भल्भ इन्जिन छ । कम्पनीले पहिलो पटक हिमालयनमा लिक्विड कुल्ड इन्जिन प्रयोगमा ल्याएको हो ।

कम्पनीले शेर्पा नाम दिएर ल्याएको इन्जिनले ८००० आरपीएममा अधिकतम ४०.२ पीएस पावर तथा ५५०० आरपीएममा अधिकतम ४० एनएम टर्क जेनेरेट गर्छ ।

फिचर लोडेड यो मोटरसाइकलमा टीएफटी कन्सोल, टर्न वाइ टर्न नेभिगेशन, राइड मोड, स्वीचएवल एबीएस, अफरोड स्पोक ह्वील, स्लीपर एसिस्ट क्लच, यूएसडीरमोनोशक सस्पेन्सन, यूएसबी चार्जिङ पोर्ट लगाएतका फिचर पाउन सकिन्छ ।


Back_to_top