काठमाडौं । गत नाडा अटोशोमा नेपालमा समेत प्रदर्शन भएको बीवाइडीको नयाँ फ्ल्यागसिभ इलेक्ट्रीक भेहिकल सिलायन-७ भारतमा छिटै बिक्री सुरू हुने भएको छ ।
गत महिना सम्पन्न भारत माेबिलिटी शोमा समेत देखाइएको सिलायनको अहिले बुकिङ भइरहेको छ । अब चाँडै बिक्री सुरू गरिने कम्पनीले जनाएको हो ।
बीवाइडीको ओसियन एस्थेटिक डिजाइन ल्याङ्वेजमा बनेको सिलायन-७ निकै आकर्षक डिजाइनको रहेको छ ।
यो ईभीको फ्रन्टमा डबल यू डिजाइनको फ्लोटिङ एलईडी हेडलाइट, कर्भी डिजाइनको फुलविथ एलईडी टेललाइट, फ्लस डोर ह्याण्डल, २० इन्चको ह्वील तथा डकटेल डिजाइनको रियल स्पोइलर यसको एक्सटेरियर फिचर हुन् ।
मिड साइज एसयूभी सिलायन-७ को लम्बाइ ४८३० एमएम, चौडाइ १९२५ एमएम, उचाइ १६२० एमएम तथा २९३० एमएमको ह्वीलबेस रहेको छ । यो ईभीको बनेट मुनि ५८ लिटरको ट्रक तथा रियरमा ५०० लिटरको बुटस्पेश रहेको छ ।

आकर्षक डिजाइन तथा प्रिमियम फिचरप्याक यसको इन्टेरियर डिजिटल कन्ट्रोल सहितको रहेको छ । यसमा दिएको रिदम फङ्सन सहितको आरजीबी डाइनामिक मुडलाइटले क्याबिनलाई रिच फिल गराउन सफल भएको छ ।
सिलायन ७ मा १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, १५.६ इन्चको रोटेटिङ टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, एचयूडी डिस्प्ले, प्यानारोमिक ग्लासरुफ, इलेक्ट्रीक टेलगेट, १२ स्पीकर सहितको सराउण्ड साउण्ड सिस्टम, एनएफसी कार्ड की, ५० वाटको वायरलेस चार्जर, ड्राइभर फटिग मोनिटरिङ सिस्टम, भेहिकल टु लोड चार्जिङ आदि क्याबिन फिचर रहेको छ ।

नापा लेदर कभर रहेको एटवे पावर एड्जस्टमेन्ट सहितको भेन्टिलेटेड फ्रन्टसिट,फोरवे पावर लम्बार एड्जस्टमेन्ट, मेमोरी फङ्सन, सिक्सवे पावर फ्रन्ट प्यासेन्जर सिटले चालक र प्यासेन्जरलाई सहज बनाएको छ ।
सुरक्षाको लागि यो एसयूभीमा ११ वटा एयरब्याग, ३६० डिग्री क्यामरा, फ्रन्ट तथा रियर पार्किङ सहित १२ वटा सेन्सर, राडार, डिजिटल भिडियो रेकर्डर, हिलहोल्ड, अटोहोल्ड, हाइबिम असिस्ट, लेन डिपार्च वार्निङ, इमेर्जेन्सी लेन किपिङ असिस्ट, फ्रन्ट क्रस ट्राफिक ब्रेक, रियर क्रस ट्राफिक ब्रेक आदि सहितको एडास फिचर रहेको छ ।

सिलायन ७ मा सिंगल मोटर रहेको प्रिमियम भेरियन्टमा २३० किलोवाटको रियर ह्वील ड्राइभिङ मोटर तथा अलह्वील ड्राइभ सहितको प्रफर्मेन्स भेरियन्टमा ३९० किलोवाटको ड्युल मोटर रहेको छ ।
यो ईभीमा ८२.५६ किलोवाट आवरको एलएफपी ब्लेड व्याट्रीप्याक दिइएको छ । यो ब्याट्रीप्याकले १५० किलोवाटको डीसी फास्ट चार्जर तथा ११ किलोवाटको एसी चार्जर सपोर्ट गर्छ । यो एसयूभीले एक पटकको फुलचार्जमा ४५६ किलोमिटरको डब्लूएलटीपी रेन्ज दिन्छ ।
भारतमा बिक्री सुरू भएसँगै केही समयमै सिलायन-७ नेपालमा समेत लन्च हुने अपेक्षा गरिएको छ ।

