दुई भेरियन्टमा नेपाल आउँदै ‘फ्राइडे’ एसयूभी, कति पर्ला मूल्य ?

काठमाडौं । नेपाली बजारमा अर्को  नयाँ इलेक्ट्रीक एसयूभी आउने भएको छ । लक्ष्मी इमोविलीटीले नेपाल ल्याउने डोङफेङको फरथिङ ब्राण्डमा बनेको ‘फ्राइडे’ एसयूभी दुई भेरियन्टमा आउने भएको हो ।

केही दिन भित्रै बजारमा आउने कम्प्याक्ट मिडराइज सेग्मेन्टको फरथिङ फ्राइडेको लम्बाइ ४६०० एमएम, चौडाइ १८६० एमएम र उचाइ १६८० एमएम छ । यसको ह्वीलवेस २७१५ एमएम छ । निकै प्रिमियम लाग्ने एसयूभीमा १९ इन्च ठूलो ह्वील पाउन सकिन्छ ।

डोङफेङ फरथिङ फ्राइडे एसयूभीमा मा ६४.४ किलोवाट आवरको ब्याट्री प्याक दिएको छ । यसले एक पटकको फुल चार्जमा ४०० किलोमिटरसम्म रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ । यसमा रहेको ब्याट्रीलाई ११ किलोवाटको एसी चार्जर र १२० किलोवाटसम्मको डिसी चार्जरले चार्ज गर्न सकिन्छ ।

फ्राइडे एसयूभीलाई डिसी फास्ट चार्जरले चार्ज गर्दा ३० बाट ८० प्रतिशतसम्म चार्ज गर्न ३५ मिनेट लाग्छ । एसी चार्जरले फुल चार्ज गर्न ५.५ घण्टा लाग्ने कम्पनीको भनाइ छ । यसलाई नेपाली बजारमा ९९ किलोवाटको मोटरमा ल्याउन लागिएको हो । यसको पीकटर्क ३४० एनएम रहेको छ ।

आधुनिक फिचरहरुको लामो लिस्ट उपलब्ध कारमा प्योर लेदर सिट कभर, मल्टीफङ्सनल लेदरर्याप स्टेरिङ ह्वील, ८.८ इन्चको एलसीडी इन्स्टुमेन्ट क्लस्टर, १४.६ इन्चको ठूलो इन्फोटेन्टमेन्ट स्कृन, ६ वटा स्पीकरसहितको म्युजिक सिस्टम, १० वे इलेक्ट्रीक एड्जस्टेवल ड्राइभिङ सिट दिइएको छ ।

त्यसैगरी भेन्टीलेटेड, हिटेड, मसाज र मेमोरी सिट उपलब्ध एसयूभीमा एन्ड्रोइड अटो र एप्पल कार प्ले, अटोमेटिक क्लाइमेट कन्ट्रोल, इलेक्ट्रीक टेलगेट, वायरलेस फोन चार्जर, प्यानारोमिक सनरुफ, मल्टी ड्राइभ मोड पाउन सकिन्छ ।

सुरक्षाका लागि फ्राइडे एसयूभीमा ६ वटा एयरव्याग, एबीएस, इबीडी, सीबीडी, एचबीए, इबीए, बीए, एएसआर, टीसीएस, टीआरसी, इएसपी, अपहिल÷डाउनहिल असिस्ट दिइएको छ । साथै, अटोमेटिक पार्किङ, टायर प्रेसर मोनिटरिङ सिस्टम, ३६० डिग्री क्यामरा, फ्रन्ट÷रियर पार्किङ राडार, एडाप्टीभ क्रुज कन्ट्रोल पाउन सकिन्छ ।

एडास फिचर भित्र पर्ने लेन डिपार्चर रिमाण्डर, फ्रन्ट कोलुजन वार्निङ, इमर्जेन्सी ब्रेकिङ सिस्टम, अटोनोमस इमर्जेन्सी ब्रेकिङ, ट्राफिक साइन रिकग्नेसन, ट्राफिक जाम असिस्ट, रियर कोलुजन वार्निङ, व्लाइण्ड स्पट डिटेक्सन जस्ता फिचर यसमा छन् ।

नेपाली बजारमा ५५ लाखदेखि ६५ लाख मूल्य पर्ने गाडीको सेग्मेन्टमा आउन लागेको फ्राइडे एसयूभीको मूल्य पनि त्यहि हाराहारी रहने अनुमान गरिएको छ ।


Back_to_top