काठमाडौं । सुर्खेतका अभिषेक सुनार नेपालकै नम्बर एक टाटा गुरु बन्न सफल भएका छ ।
टाटा मोटर्स र नेपालका लागि आधिकारिक वितरक सिप्रदी अटोपार्टस्को संयुक्त आयोजनामा फागुन १ गते काठमाडौंमा आयोजित ‘गुरुक्षेत्र–२, २०२५’ कार्यक्रममा १०० प्रतिस्पर्धीलाई पछि पार्दै उनी नम्बर वान गुरु भएका हुन् ।
सिप्रदीका अनुसार मेकानिक्स प्राविधिकहरूको प्राविधिक सीप, दक्षता एवं ज्ञानमा आधारित भएर उक्त प्रतिस्पर्धा गराइएको थियो ।
प्रतियोगितामा टाटा गुरु लालबहादुर नेगी दोस्रो, गुरु ब्रह्मानन्द चौधरी र सन्जय दनुवार तेस्रो भएका थिए । उनीहरुले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी भई नेपाललाई विश्व सामू चिनाउने अवसर पाएका छन् ।
त्यसैगरी, प्रथम आठ स्थानमा पर्न सफल भएका टाटा गुरु अनिल श्रेष्ठ, अमन कुमार मानन्धर, धर्म श्रेष्ठ र भूमिरान खात्रीसमेतले टाटा मोटर्सको प्लानण्टमा गई तालिमलिने अवसर पाएका छन् ।
सिप्रदी अटोपार्टस्का वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले देशभरका स्थानीय प्राविधिकहरूलाई टाटा मोटर्स र सिप्रदी अटोपार्टसले सम्मानित गरेको बताए । गुरुहरूलाई समाजका आर्थिक, प्राविधिक सामाजिक रुपमा अगाडि बढाउन टाटा मोटर्स सिप्रदी अटोपार्टस्ले करिब ७ करोड रुपैयाँ खर्च गरिसकेको उनले जानकारी गराए ।
टाटा गुरुहरूलाई प्राविधिक रुपमा दक्ष बनाउने कार्यमा सिप्रदी सदैव तयार रहेको उनको भनाइ छ ।
देशभरबाट १०० जना टप टाटा गुरु सहभागी रहेको सो कार्यक्रममा सिप्रदी ग्रुपका प्रमुख कार्यकारी अधिकृत राजन बाबू श्रेष्ठले सम्पूर्ण विजेतालाई बधाई एवं शुभकाना ज्ञापन गरे ।
उनले निजी क्षेत्रका प्राविधिकहरूका सीप र दक्षता अभिवृद्धिको लागि सिप्रदी र टाटा मोटर्स सदैव लागिरहेको र भविष्यमा पनि लागि रहने प्रतिबद्धता जनाए ।


