काठमाडौं । होण्डाले नयाँ प्रिमियम कम्यूटर सेग्मेन्टमा ‘सीजी-१६०’ भारतमा उत्पादन गर्ने भएको छ । यसअघि ब्राजिलमा होण्डाले उत्पादन गर्दै आएको सीजी–१६० भारतमा पनि उत्पादन गर्ने भएको हो ।
प्रिमियम कम्यूटर सेग्मेन्टमा आउन लागेको होण्डाको नयाँ मोटरसाइकलको भारतमा पेटेन्ट दर्ता भएसँगै चर्चा सुरु भएको छ । विगत ५० वर्षदेखि ब्राजिलमा उत्पादन र बिक्री हुँदै आएको सीजी-१६० को अहिले ९औं जेनेरेशन मोडल ब्राजिलमा चलिरहेको छ ।
यस्तै प्रकृतिको युनिकर्न १६० भारतमा बिक्री हुँदै आएको भएपनि अब सीजी-१६० पनि भारतमा उत्पादन गर्न लागेको भारतीय मिडियाहरुले रिपोर्टमा उल्लेख गरेका छन् । होण्डाले ब्राजिलमा १६२.७ सीसी क्षमताको एसओएचसी, एयर कुल्ड, सिंगल सिलिण्डर इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम १४.४ बीएच पावर र १३.८ न्यूटन मिटर टर्क प्रदान गर्छ ।
भारतमा उत्पादन हुँदा कुन इन्जिन प्रयोग गर्न लागिएको हो भन्ने कुरा अहिलेसम्म बाहिर आएको छैन ।


