एमजी कोमेटको नयाँ एडिशन आउँदै

काठमाडौं । एमजीको चर्चित ह्याचव्याक कार कोमेटको ‘ब्ल्याकस्ट्रोम एडिशन’ आउने भएको छ । एमजी मोटर्स इन्डियाले आफ्नो सामाजिक संजाल मार्फत नयाँ मोडल आउन लागेको जानकारी दिएको हो ।

एमजीले पहिलो पटक स्पेशल एडिशनको रुपमा ल्याउन लागेको ब्ल्याक कलर कोमेटको टिजर कम्पनीले सार्वजनिक गरेको छ । यसअघि एमजीले भारतमा हेक्टर र एस्टर मोडललाई पनि ब्ल्याक स्ट्रोम भर्सनमा ल्याएको थियो ।

नयाँ एडिशनमा कम्पनीले ब्ल्याक कलरको इन्टेरियरमा रेड कलर एसेन्ट दिएको छ । साथै, पुरै कालो कलरमा सजिएको कोमेटको बम्पर र बोनेटमा पनि रातो कलरको हाइलाइट्स देख्न सकिन्छ । ह्वीलमा पनि रातो कलर एसेन्ट प्रयोग गरिएको छ ।

यस बाहेक टिजरमा अन्य भाग देखाइएको छैन । गाडीको पछाडि र भित्री भागमा गरिएको चेन्जहरु देख्न सकिदैन । कम्पनीले नयाँ भेरियन्टमा ब्ल्याकस्ट्रोमको ब्याच भने प्रयोग गर्नेछ ।

कम्पनीले यसको मूल्य पनि माथिल्लो साइडमै राख्ने अनुमान गरिएको छ । एमजी कोमेट ईभी नेपालमा पनि राम्रो संख्यामा बिक्री हुँदै आएको मोडल हो । कम्पनीले यसमा १७.३ किलोवाट आवरको ब्याट्री प्याक र ३० किलोवाटको मोटर दिएको छ । यसले २०० किलोमिटर आसपास रेन्ज दिनेछ ।


Back_to_top