केटीएमले ग्राहकलाई दिन थाल्यो ‘नयाँ ३९० एड्भेन्चर’

काठमाडौं । केटीएमले भारतमा ३९० एड्भेन्चर मोटरसाइकलको डेलिभरी सुरु गरेको छ । कम्पनीले ३९० एड्भेन्चर र एड्भेन्चर एक्स गरी दुई भेरियन्टमा ल्याएकोमा अहिले ३९० एड्भेन्चर भेरियन्टको मात्रै डेलिभरी सुरु गरेको हो ।

पुरानो मोडलको तुलनामा अझै धेरै एग्रेसिभ र मस्कुलर डिजाइनमा बजारमा आएको नयाँ केटीएम ३९० एड्भेन्चरमा केटीएमको सिग्नेचर यू आकारको एलइडी डिआरएल, अग्लो विन्डसिल्ड र अगाडि बढेको फेन्डर सहितको डुअल प्रोजेक्टर एलइडी हेडल्याम्पले मोटरसाइकललाई निकै आकर्षक देखाएको छ ।

पुरा र्याली इन्स्पायर बेस्ड बडीवर्कमा आएको नयाँ मोडलमा १४ लिटरको इन्धन ट्याकं, फ्ल्याट सिट, नकल गार्ड, इन्जिन ब्यास प्लेट, अन्डरबेली एक्जस्ट, हाई ग्राउन्ड क्लियरेन्स, डब्लुपी एपेक्स युएसडी फ्रन्ट फोक र रियरमा १० स्टेपको प्रिलोड एड्जस्टेवल मोनोसक सस्पेन्सन दिइएको छ । केटीएम ३९० एड्भेन्चरमा ट्युबलेस स्पोक ह्वील पाउन सकिन्छ ।

नयाँ एड्भेन्चर प्लेटफर्ममा निर्माण भएको ३९० एड्भेन्चर मोटरसाइकलमा ३९९ सीसी, सिंगल सिलिन्डर, लिक्वड कुल्ड, फोर स्ट्रोक, डिओएचसी, इएफआई इन्जिन छ । यस इन्जिनले अधिकतम ४५.३ पीएस पावर तथा ३९ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्ससँगै स्लिपर क्लच र क्विक सिफ्टर दिएको छ ।

यस मोटरसाइकलमा ब्लुटुथ कनेक्टिभिटी सहितको ५ इन्चको टीएफटी डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, टर्न बाइ टर्न नेभिगेसन, पुरा एलइडी लाइट, युएसबी चार्जिङ पोर्ट, स्ट्रिट, रेन र अफरोड गरी तीन राइड मोड, क्रुज कन्ट्रोल, स्वीच गर्न मिल्ने कर्नरिङ ट्रयाक्सन कन्ट्रोल, कर्नरिङ एबीएस, अफरोड एबीएस र डबल डिस्क ब्रेक जस्ता अत्याधुनिक फिचरहरु समाबेस छन् ।

भारतीय बजारमा ३९० एड्भेन्चर भेरियन्टको मूल्य ३ लाख ६७ हजार ६९९ रुपैयाँ (एक्स शोरुम) रहेको छ ।


Back_to_top