टोयोटाको तेस्रो इलेक्ट्रीक एसयूभी कुपे डिजाइनमा आउने

काठमाडौं । जापानी अटोमोबाइल कम्पनी टोयोटाले आफ्नो तेस्रो इलेक्ट्रीक मोडल ल्याउने भएको छ । टोयोटाले आगामी मार्च ११ मा तेस्रो इलेक्ट्रीक मोडल अनभिल गर्ने भएको हो ।

कम्पनीले सन् २०२२ मा देखाएको बीजेड कम्प्याक्ट एसयूभी कन्सेप्टमा आधारीत हुने यो एसयूभी कुपे डिजाइनमा हुनेछ । कम्पनीको यो एसयूभी बीजेड फोरएक्स र अर्वान क्रुजर पछिको तेस्रो एसयूभी हुनेछ । टोयोटाले यसअघि नै सन् २०२६ सम्ममा ६ वटा नयाँ ईभी लन्च गर्ने योजना सार्वजनिक गरेको थियो ।

टोयोटाले टिजर इमेज र भिडियो सार्वजनिक गर्दै नयाँ ईभीको जानकारी दिएको हो । यो एसयूभीमा कन्सेप्ट कारमा देखिए जस्तै र्याक रुफलाइन, एक्सटेन्डेड बनेट जस्ता धेरै विशेषताहरू रहेको छ । कारको रियरमा लाइटबार तथा फ्रन्टमा टोयोटाको नयाँ ह्यामरहेड डिजाइन रहेको देखिन्छ ।

टोयोटाको नयाँ एसयूभीमा हालै मात्र युरोपियन बजारमा लन्च भएको अर्वान क्रुजरको जस्तै ब्याट्री र मोटर सेटअप हुनेछ । यो नयाँ एसयूभीमा एडब्लूडीको ब्याजिङ रहेको छ जसले अलह्वील ड्राइभ भर्सन भन्ने बुझाउँछ । अर्वान क्रुजरमा अगाडि र पछाडिको दुवै एक्सलमा मोटर दिएको छ । यसमा रहेको ६१ किलोवाटको ब्याट्रीले ४०० किलोमिटरभन्दा बढिका रेन्ज दिन्छ । यो एसयूभीको चार्जिङ स्पीड समेत १५० किलोवाटको रहेको छ ।

नयाँ टोयोटा ईभीको इन्टेरियर नदेखाए पनि यसमा टोयोटाको सीएचआरको जस्तै इन्टेरियर रहेको देखिन्छ । यसको फ्रन्टमा १२.३ इन्चको टचस्क्रीन इन्फोटेन्मेन्ट स्क्रीन तथा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर रहने छ । यसको टप स्पेकमा प्यानारोमिक सनरुफ, जेबीएलको साउण्ड सिस्टम तथा अन्य प्रिमियम फिचर रहनेछ ।

टोयोटाको नयाँ ईभीको नाम सार्वजनिक भएको छैन । तर, यसको नाम बीजेडथ्रीएक्स हुने सम्भावना रहेको छ ।


Back_to_top