किया ईभी-२ को कन्सेप्ट सार्वजनिक, रेन्ज ६०३ किलोमिटर

काठमाडौं । कियाले आफ्नो सबैभन्दा सानो इलेक्ट्रीक एसयूभी   ईभी-२ को कन्सेप्ट सार्वजनिक गरेको छ । कम्पनीले ग्लोबल इन्ट्री लेबल मोडलको रुपमा ईभी-२ को कन्सेप्ट सार्वजनिक गरेको हो ।

कियाले प्रस्तुत गरेको  ईभी-२ सन् २०२६ मा बिक्री सुरू हुनेछ । कियाको अपोजिट युनाइटेड डिजाइन ल्याङ्वेजमा बनेको यो  ईभी को फ्रन्टमा डिउल हेडलाइट युनिट, बाक्लो प्लाष्टिक क्लाइडिङ तथा बम्पर रहेको छ ।

ईभी-२ को साइडमा फङ्की स्क्वायर स्पोक डिजाइन भएको अलोय ह्वील, डोरह्याण्डल र पिल्लरलेस रहेको छ । यसको रियरमा  ईभी-२ कन्सेप्टमा सिरोसको जस्तो लोसेट टेलल्याम्प तथा रुफ स्पोइलर रहेको छ ।

ईभी-२ कन्सेप्टको इन्टेरियरमा फ्रन्ट प्यासेन्जरको लागि बेन्चसिट तथा रियरमा फोल्डिङ स्टाइलको बेन्चसिट रहेको छ । यसको ड्यासबोर्डमा कम्बाइण्ड इन्स्ट्रुमेन्ट तथा इन्फोटेन्मेन्ट स्क्रीन, ड्यासबोर्ड र विण्डोमा युनिक एलईडी एनिमेसन, डोरमा ट्रयाङगुलर रिमुभेबल र पोर्टेबल स्पीकर दिएको छ ।

यसमा रहेका अन्य फिचरहरूमा प्यानारोमिक सनरुफ, भीटुएल, ओभर द एयर अपडेट जस्ता फिचर रहेका छन् ।

कियाले ईभी-२ मा ठूलो साइजको ब्याट्रीप्याक दिएको छ । ४०० भोल्ट आर्किटेक्चरमा बनेको  ईभी-२ हुन्डाईको ई जीएमपी प्ल्याटफर्ममा बनेको हो ।

कियाले  ईभी-२ मा ५८.३ र ८१.४ किलोवाट आवरको ब्याट्रीप्याक दिएको छ । यसको रेन्ज ४३४ देखि ६०३ किलोमिटर सम्मको हुनेछ । कियाले  ईभी-२ मा फ्रण्ट माउण्टेड २०१ हर्सपावरको भएको इलेक्ट्रीक मोटर दिएको छ ।


Back_to_top