काठमाडौं । नेपालमा दीपल, नामी र सेरेसको आधिकारिक वितरक एमएडब्लू वृद्धिले ईभी कार्निभल आयोजना गर्ने भएको छ।
कम्पनीले फागुन १८ देखि २१ गतेसम्म अमरपाली बैंक्वेट, नक्साल, काठमाडौंमा उक्त कार्निभल आयोजना गर्ने भएको हो ।
साथै, उपत्यका बाहिरका सम्बन्धित शोरुमहरूमा पनि यो कार्निभल आयोजना हुनेछ । विराटनगरमा यो कार्यक्रम कञ्चनजंघा बैंक्वेटमा आयोजना हुनेछ।
चार दिनसम्म चल्ने ईभी कार्निभल ग्राहकले पछिल्लो समयमा नेपालमा निकै रुचाइएको र चर्चा कमाइरहेको दीपल, नामी र सेरेसको टेस्ट ड्राइभ गर्नुका साथै अभूतपूर्व अफरको फाइदा उठाउँदै ईभी खरिद गर्न सक्नेछन् ।
यो एक्सक्लुसिभ कार्निभलमा ग्राहकले नेपालमा भर्खरै सार्वजनिक भएको संसारकै पहिलो ट्रान्सफर्मर एसयूभी ई-०७ को अनुभव पनि गर्न सक्नेछन् । यसको एउटा सिंगट बटन दबाउँदा एसयूभीबाट पिकअप ट्रकमा परिणत हुन्छ । साथै, ग्राहकले दीपलको चर्चित मोडल एस-०७, एस-०७ एल, एल-०७, नामी बक्स र सेरेस थ्रिको टेस्ट ड्राइभ गर्न सक्नेछन् ।
ईभी कार्निभलमा ग्राहकले हरेक ईभी मोडेलमा आकर्षक क्यास डिस्काउन्ट, एक्सचेन्ज बोनस, फ्री ७ किलोवाट चार्जर र एसेसोरिज, फ्री रोड ट्याक्स र अटोप्लस इन्स्योरेन्स पाउनेछन् ।
ग्राहकले टप ८ रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको बेस्ट रिकन्डिसन भ्यालु पनि पाउनेछन् । यसका अलावा हरेक टेस्ट ड्राइभ र भ्यालुएसनमा पनि ग्राहकले उपहार पाउने छन् ।
कार्निभलमा चांगानको अफरोड क्यापाबल र स्टाइलिस हन्टर पिकअप पनि डिस्प्लेमा राखिने छ जसलाई मात्र १० लाख रुपैयाँ डाउनपेमेन्टमा खरिद गर्न सकिने छ । हरेक दिन बुकिङ गर्नेमध्ये भाग्यशाली एक जोडीले नगरकोटस्थित कन्ट्री भिल्लामा फ्री नाइट स्टेको अवसर पाउने छन् । बम्पर उपहारमा भाग्यमानी एक जनाले लक्की ड्रमार्फत आइफोन १६ प्रोम्याक्स पाउने छन् ।

