सिप्रदी ट्रेडिङले एकैपटक जित्यो ७ प्रतिष्ठित अवार्ड

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिब वितरक सिप्रदी ट्रेडिङले एकैपटक ७ प्रतिष्ठित अवार्ड जितेको छ ।

सिप्रदीले टाटा मोटर्सको अन्तर्राष्ट्रिय व्यवसाय नेटवर्कलाई जोड्ने ‘टाटा मोटर्स वन वर्ल्ड २०२४’  मा ७ उत्कृष्ट अवार्ड जितेको हो ।

साथै, सिप्रद्धीले ‘पायोनियरिङ ईभी एक्सपान्सन’ का लागि विशेष कदर पत्र प्राप्त गर्दै नेपालले शून्य-उत्सर्जन सवारीसाधनको विस्तारमा अघि बढ्ने प्रतिबद्धता पुनः स्थापित गरेको छ।

सिप्रदीले नेपाललाई सबै प्रमुख सेग्मेन्टहरूमा सबैभन्दा उच्च बजार हिस्सा दिलाउँदै निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेको छ। यसले नेपाललाई कमर्सियल सवारीसाधन क्षेत्रमा अग्रणी स्थानमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।

सिप्रदीको यो उपलब्धि  ग्राहकहरूको विश्वास, टीमको निरन्तर मेहनत, र टाटा मोटर्सका विश्वसनीय उत्पादनहरूको प्रतिफल हो। सबै प्रमुख सेग्मेन्टमा उत्कृष्ट प्रदर्शन गर्दै सिप्रदीले बजारमा आफ्नो बलियो उपस्थिति कायम राख्दै आएको छ ।

सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले यी पुरस्कारहरूले टीमको मेहनतलाई सम्मान गरेको बताए ।

‘हामी हाम्रा ग्राहकहरूलाई उच्च गुणस्तरीय सेवा र सुलभ सवारीसाधन प्रदान गर्न सधैं प्रतिबद्ध छौं। यी पुरस्कारहरूले हाम्रो टीमको मेहनतलाई सम्मान गर्दै ग्राहकहरूलाई अझ उत्कृष्ट अनुभव प्रदान गर्ने प्रेरणा दिएको छ,’ उनले भने, ‘हामी यो सफलता हाम्रा सबै ग्राहकहरूलाई समर्पित गर्छौं, जसले हामीमाथि विश्वास गर्नुभयो र टाटा गाडीलाई पहिलो रोजाइ बनाउनुभयो। नेपालले हरेक वर्ष आफ्नो स्थान बलियो बनाउँदै गएको छ र यो सफलता हाम्रो प्रतिबद्धताको प्रमाण हो।’


Back_to_top