काठमाडौं । यामाहाले भारतीय बजारकमा स्पोर्टी इलेक्ट्रीक स्कुटर ल्याउने भएको छ । हालै सार्वजनिक एक रिपोर्टमा यामाहाले स्पोर्टी प्रिमियम स्कुटर ल्याउने तयारी गरिरहेको बताइएको हो ।
यामाहाले राइड रिभर इलेक्ट्रीक स्कुटरको ‘रिभर इन्डे’ मोडलको प्लेटफर्ममा स्पोर्टी स्कुटर ल्याउने अनुमान गरिएको छ ।
यामाहाले २०२४ फेब्रुअरीमा बैङ्लोर बेस ईभी कम्पनी ‘राइड रिभर’ मा लागानी गरेको थियो । त्यसको उपयोग गर्दै कम्पनीले स्पोर्टी पर्फमेन्स स्कुटर ल्याउने योजना अगाडि सारेको हो ।
यसअघि नै यामाहाले हाइस्पीड इलेक्ट्रीक स्कुटर ल्याउने तयारी भइरहेको बताएको थियो ।
रिभर इन्डे बक्सी डिजाइनमा तयार भएको स्कुटर हो । यो स्कुटरमा ४ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री रहेको छ भने, मिड मोटरको प्रयोग गरिएको छ । यसमा भएको मोटरले ६.७ किलोवाट पावरका साथै २७ एनएम टर्क जेनेरेट गर्छ ।
यामाहाले यही प्लेटफर्ममा स्पोर्टी स्कुटर ल्याउने तयारी थालेको हो । २०२६ को अन्त्यसम्ममा यो स्कुटर बजारमा आउने अनुमान गर्न सकिन्छ ।
भारतमा टीभीएस, होण्डा, बजाज जस्ता कम्पनीले इलेक्ट्रीक स्कुटरको बिक्री सुरू गरिसकेका छन् भने यामाहाले निकट भविष्यमा नै स्कुटर ल्याउने तयारी गरिरहेको छ ।

