फोटोनले चितवनमा खोल्यो नयाँ शोरुम, माउन्टेन ईभीको बिक्री सुरू  

चितवन । एमएडब्लू वृद्धि कमर्सियलले चितवनमा आफ्नो नयाँ, विश्वस्तरीय फोटोन शोरूमको संचालनमा ल्याएको छ । कम्पनीले देशव्यापी रुपमा आफ्नो उपस्थिति बढाउने क्रममा चितवनमा नयाँ शोरुम संचालनमा ल्याएको हो ।

चितवन र आसपासका क्षेत्रका ग्राहकहरूको पहुँच र गुणस्तरीय सेवालाई ध्यानमा राखेर नयाँ शोरुम स्थपना गरिएको कम्पनीले जनाएको छ । यस शोरुमबाट ग्राहकले विशेष परामर्श, आफ्टर सेल्स सर्भिस, मर्मतसम्भारका सेवाहरू पाउने छन् ।

नयाँ शोरुम स्थापना गरेसँगै कम्पनीले गेम चेन्जरको रूपमा हेरेको आफ्नो विद्युतीय सवारी साधन फोटोन माउन्टेन ईभी भ्यानको बिक्री सुरु गरेको छ ।

आरामदायी हेडस्पेसको सुविधा दिने हेतुले माउन्टेन ईभी भ्यानलाई अग्लो छतसहितको फराकिलो भित्री भागमा १४ देखि १६ जना यात्रुहरू बस्न मिल्ने गरी कन्फिगर गरिएको छ।

५०.२३ किलोवाट प्रतिघण्टाको ब्याट्रीले एकपटक चार्ज गर्दा २३५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्दछ, जसले यसलाई नेपालको कठिन भूभागको लागि उपयुक्त बनाउँछ।

एमएडब्लू वृद्धिका एमडी विवेक सिकरियाले कम्पनी दिगो गतिशीलताप्रति सधैं प्रतिबद्ध रहेको बताए ।

एमएडब्लू वृद्धि कमर्सियलका सीईओ तुषार गुप्ता भन्छन्, ‘अन्तर्राष्ट्रिय स्तरमा समेत बलियो सफलता हासिल गरिसकेको व्यावसायिक ईभीको अग्रणी ब्राण्ड फोटोनले नेपालमा हरित यातायातको व्यापकतालाई सक्षम बनाउने छ ।’


Back_to_top