गड्स आईलाई टक्कर दिन जिलीको ‘जी-पाइलट’

काठमाडौं । चीनको दोस्रो ठूलो कार निर्माता जिली होल्डिङले नयाँ ‘एसिस्टेड ड्राइभिङ टेक’ सार्वजनिक गरेको छ । उक्त नयाँ टेक फिचरको नाम ‘जी-पाइलट’ दिएर सार्वजनिक गरेको हो ।

जिलीले आफ्नो नयाँ जी-पाइलट केही दिन अगाडि मात्रै बीवाइडीले सार्वजनिक गरेको ‘गड्स आई’लाई टक्कर दिनेगरी ल्याएको हो । बीवाइडीले तीन किसिमको फिचरसहित गड्स आई ल्याएकोमा जिलीले जी-पाइलटलाई विभिन्न ५ प्रकारमा ल्याएको छ ।

जी-पाइलटको टप भेरियन्टले मल्टीपल लाइडार, सिटी स्ट्रीट ड्राइभिङ र डोर टु डोर म्यापसमेत उपलब्ध गराउने छ । कम्पनीले निम्न अनुसार भेरियन्ट वर्गिकरण गरेको छ ।

जी-पाइलट एच-१ : यसमा अटोमेटीक पार्किङ एसिस्टेन्स, हाइवे एनओए हार्डवयर , १० वटा क्यामेरा, ५ मिलिमिटर वेभ राडार सपोर्ट गर्नेछ ।

जी-पाइलट एच-३ : एच-३मा अटोमेटीक पार्किङ एसिस्टेन्स लगायतका एच–१ मा भएका फिचर छन् । यसमा मुख्य फरक भनेको ३ मिलिमिटर वेभ रडार उपलब्ध हुनेछ ।

जी-पाइलट एच-५ : माथि एच-३ मा भएका फिचरका अलवा यसमा एचडी म्याप बिनानै प्रयोग गर्न सकिने डोर टु डोर नेभिगेशन उपलब्ध छ । साथै, ११ क्यामेरा, ३ मिलिमिटर वेभ राडार र १ लाइडार रहनेछ ।

जी-पाइलट एच-७ : यसमा एच-५ मा भएका सबै फिचर छन् । यसका अलावा एआई क्यापाविलिटी रहने छ ।

जी-पाइलट एच-९ : सबैभन्दा टप क्षमताको ड्राइभिङ एसिस्टेन्स हो । यसमा माथि भएका फिचरका अलावा चाँडै लेभल थ्री अटोनोमश ड्राइभिङ सिस्टम रहनेछ । यसको प्रयोगपछि सेल्फ ड्राइभिङ एक्सपेरियन्स गर्दै ढोका ढोकामा पुग्न सकिने जिलीको दावी छ ।

कम्पनीले आफ्नो जिकर, ग्यालेक्सी जस्ता चल्तीका ब्राण्डमा यसको प्रयोग तत्कालै थाल्ने जनाएको छ ।


Back_to_top