चालक बीना मानिस र सामान बोक्ने ‘टाटा यु’को प्याटेन्ट दर्ता

काठमाडौं । भारतको अग्रणी अटोमोवाइल कम्पनी टाटाले ‘यु’ मोडलको पेटेन्ट दर्ता भएको छ । यसले मानिस र बस्तु ओसार पसार गरेर स्वचालित रुपमा गन्तब्यमा पुर्याउन सक्नेछ ।

भारतीय अटोमोवाइल बजारमा गेमचेन्जर हुन सक्ने यो टेक्नोलोजीको पेटेन्ट दर्ता भएसँगै चर्चा पनि सुरु भएको हो । यसलाई अंशुमन मल्लिक र आत्मज वर्माले प्रस्तुत गरेका थिए । बैंगलोरको स्ट्रेट स्कुल अफ डिजाइनमा तयार पारिएको उक्त प्रोजेक्टलाई टाटाले लगानी गरेको थियो । उक्त प्रोजेक्टमा टाटा मोटर्सका अजय जैन, स्ट्रेट स्कुल अफ डिजाइनका डीन थोमस दल लगायतले टेक्नीकल सपोर्ट गरेका थिए ।

एउटै भेहिकलले मानिस र कार्गो बोक्ने अवधारणामा तयार भएको यु मोडलको बीचमा सामानहरु राख्ने ठाँउ छ । यसरी राखिएका सामानहरु अटोमोटीक तरिकाले डेलिभरीको लागि बाहिर आउँछन् ।

भ्यानको पछाडिको भाग यात्रुको लागि तयार गरिएको छ । यसको कार्गोहरु इकर्मश कम्पनीको लागि उपयोगी हुन्छ । अर्डर अनुसार योजनावद्ध तरिकाले डेलिभरी गर्ने हुँदा यसमा चालक वा डेलिभरी गर्ने कामदारको आवश्यकता पर्दैन ।

अहिले तयार पारिएको टाटा यु कन्सेप्टको लम्बाइ ३७०० एमएम छ भने १५०० एमएम चौडा र १८०० एमएम अग्लो छ । हब माउन्टेड मोटर रहने यु कन्सेप्टको ब्यबसायीक उत्पादन सन् २०३० हुने अनुमान गर्न सकिन्छ ।


Back_to_top