काठमाडौं । यदि तपाई ५/६ महिनापछि कुनै विद्युतीय कार किन्ने योजना बनाउँदै हुनुहुन्छ भने तपाईको लागि बजारमा थुप्रै छनोट उपलब्ध हुनेछन् ।
अहिले एमजी एस-५ एसयूभी ५० लाखभन्दा कम मूल्यको विद्युतीय कार खोज्नेको मुख्य छनोट बन्ने देखिएको छ । दुई साता अगाडि बुकिङ खुल्ला भएको एमजी एस-५ मा धेरै उपभोक्ताको आकर्षण देखिन्छ । प्रतिस्पर्धीको तुलनामा उत्कृष्ट मूल्य अफर गरेको कारण धेरैले यसलाई छनोट गरेका हुन् ।
एमजीले बजारमा कसरी प्राइस वार गर्न सकिन्छ भन्ने देखाएको छ । अहिले ईभी किन्न चाहने धेरै जसो मानिस एमजीको शोरुम भ्रमण गर्न पुगेको हामीले पाएका छौं । साथै, ५० लाखमाथिको सेगमेन्टमा पनि थुप्रै नयाँ गाडी छनोटमा उपलब्ध भएका छन् । यसले समग्र अटोमोवाइल बजारलाई तरल बनाएको देखिन्छ ।
एमजीसँग सिक्दै अधिकांश कम्पनीले बजारमा ल्याउने नयाँ प्रोडक्ट निकै प्रतिस्पर्धी मूल्यमा उपलब्ध हुने जनाउ दिन थालिसकेका छन् । चिनियँँ उत्पादकले नेपाली बजारमा उपभोक्ताले चाहेको मूल्यमा कार दिन्छौं भने जसरी मूल्य अफर दिन थालेका छन् । त्यसले आउँदै गरेका तीन कार निकै राम्रो मूल्यमा उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।
जेको भी-२३ : ओमोडा/जेकोले तीन महिना भित्रै नेपाल ल्याउने गरी भी-२३ मोडलको तयारी गरेको जनाएको छ । कम्पनीले नेपालमा आफ्नो एक वर्ष पुरा गरेको अवसर पारेर जेको भी-२३ ल्याउने घोषणा गरेको हो ।
एसपीजी अटोमोवाइलले कति मूल्यमा भी-२३ नेपाल ल्याउने एकिन नबताएपनि उत्कृष्ट मूल्यमा आउने जनाउ दिएको छ । त्यो भनेको ५० लाख रुपैयाँभन्दा कममै आउने अनुमान गर्न सकिन्छ । सहरी क्षेत्र र केही अफरोड बाटाहरुमा पनि सहजै चलाउन सकिने भी-२३ लाइफ स्टाइल प्रोडक्टको रुपमा बजारमा आउने छ ।
जेको भी-२३ मोडलमा ५९.९३ र ८१.७६ किलोवाट आवरको दुई ब्याट्री अप्सन छ । सानो ब्याट्री एलएफपी हो भने, ठूलो ब्याट्री टर्नरी लिथियम हो । यी ब्याट्रीको रेन्ज क्रमशः ४०१ र ५०१ किलोमिटर रहेको सीएलटीसीले प्रमाणित गरेको छ ।

यो अफरोड मेसिनलाई पावर दिन पछाडि १०० किलोवाट र अगाडि ५५ किलोवाट क्षमताको मोटर दिइएको छ । रियर ह्वील ड्राइभमा १०० किलोवाटको मोटर रहने छ । अलह्वील ड्राइभको संयुक्त पावर १५५ किलोवाट हो ।
भी-२३ को ड्यासबोर्डको बीचमा १५.४ इन्चको स्क्रीन र २.५ के सेन्ट्रल कन्ट्रोल स्क्रीन यसमा पाउन सकिन्छ । गाडीको साइज पनि ठिक्कको छ । यसको लम्बाइ ४२२० एमएम, चौडाइ १९१५ एमएम र उचाइ १८४५ एमएम छ । गाडीमा भेरियन्ट अनुसार २०० र २१० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स दिइएको छ । यसको डिपार्चर एङ्गल ४० र अप्रोच एङ्गल ४२ डिग्री रहने छ ।
एडास फिचर उपलब्ध कारमा होराइजन रोबटिक जे–३ चीप प्रयोग भएको छ । कम्पनीले यसको अगाडि ८ मेगापिक्सल र ३ मेगापिक्सलको सराउन्ड भ्यू क्यामेरा दिइएको छ । फाइभ मिलिमिटर वेभ राडार, १२ अल्ट्रासोनिक राडार, हाइ स्पीड नेभिगेसन, इमर्जेन्सी लेन किपिङ, ट्राफिक जाम एसिस्ट, अटोमेटीक पार्किङ, रिमोट पार्किङ र मेमोरी पार्किङ जस्ता फिचर छन् ।
जेको भी-२३ मा स्क्वायर बक्स सेपमा तयार भएको हाडकोर अफरोड एसयूभीको अगाडि स्मोक्ड फ्रन्ट ग्रिल, राउन्ड हेडल्याम्प, रुफ लगेज र्याक, हिडन डोर ह्याण्डल दिइएको छ ।
बीवाइडी एटो-२ : बीवाइडी चिनियाँ कार ब्राण्ड मध्ये सबैभन्दा बलियो ब्राण्डको पहिचान निर्माण गर्न सफल भइसकेको छ । कम्पनीको इ-सिक्स, एटो-३ र डल्फीनले नेपाली सडकमा आफुलाई प्रमाणित गरिसकेको छ । एटो-३ भन्दा कम मूल्यमा आउने एटो-२ मा धेरैको आकर्षण हुनु स्वभाविक हुन्छ ।
बीवाइडीको सफल कम्प्याक्ट एसयूभी एटो-३ भन्दा सानो एटो-२ चिनियाँ बजारमा ‘युवान अप’ नामबाट बिक्री हुँदै आएको छ । चिनियाँ बजारमा चार भेरियन्टमा उपलब्ध रहेपनि एटो-२ युरोपमा भने एक्टीभ र बुस्ट गरी दुई भेरियन्ट छ । नेपालमा पनि सम्भवत दुई भेरियन्टमा नै एटो-२ उपलब्ध हुनेछ ।
कम्पनीले एटो-२ आफ्नो ई प्लेटफर्म ३.० मोडुलर आर्किटेक्चरमा बनाएको हो । कम्प्याक्ट डिजाइनमा भएपनि एटो-२ मा हाई बनेट लाइन र लोअर पार्टमा प्लास्टीक ट्रिम दिइएको छ ।
एटो-२ को लम्बाइ ४३१० एमएम, चौडाइ १८३० एमएम र उचाइ १६७५ एमएम छ । यसमा ह्वीलवेस भने २६२० एमएम लामो छ । बीवाइडीको युरोपियन स्पेकमा १३० किलोवाटको फ्रन्ट माउण्टेड मोटर दिएको छ । यसले १७४ हर्सपावर तथा २९० न्यूटन मिटर टर्क जेनेरेट गर्छ ।
बीवाइडी एटो-२ मा फ्लोटिङ १२.८ इन्चको रोटेबल सेन्टर टचस्कृन र ८.८ इन्चको एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर दिइको छ ।

बीवाइडीका अनुसार एटो-२ मा प्रयोग भएको सिटहरु इकोफ्रेड्ली भेगान लेदरले बनेको हो । यसको अगाडिका सिटहरु इलेक्ट्रीक एड्जस्टमेन्ट र हिटीङ फेसीलीटी सहितको छ । यसका अन्य फिचरहरुमा इलेक्ट्रीक फोल्डीङ साइड मिरर, हिटेड स्टेरिङ ह्वील, एम्बीयन्ट लाइट, ८ वटा स्पीकर, फ्रन्ट तथा रियर पार्किङ सेन्सर तथा ३६० डिग्री क्यामरा छन् ।
एटो-२ मा ठूलो साइजको पानारोमिक सनरुफ र ४०० लिटरको बुटस्पेश पाउन सकिन्छ । यसको इन्ट्री भेरियन्टमा १७ इन्चको ह्वील, लेदरेट सिट, १०.१ इन्चको स्कृन, रियर भ्यूक्यामरा, रियर पार्किङ सेन्सर, ६ वटा स्पीकर तथा ६ वटा एयरव्याग रहेको छ ।
बीवाइडीले एटो-२ मा ४५.१२ किलोवाट आवारको एलएफपी ब्याट्री दिएको छ । यसलाई ६५ किलोवाटसम्मको डीसी फास्ट चार्जर तथा ११ किलोवाटसम्मको एसी चार्जले चार्ज गर्न सकिन्छ । यो ईभीको डब्लुएलटीपी रेन्ज ३१२ किलोमिटर छ ।
इमास-५ : प्रोटोनले अघिल्लो शुक्रबार नेपालमा इमास–७ मोडल बिक्री थालेको थियो । अब छिट्टै इमास-५ नामबाट अर्को मोडल ल्याउने योजना बनाएको हो । चीनमा बिक्री हुँदै आएको जिलीको जिओमी ब्राण्डमा ‘जिङयूआन’ ह्याचव्याक इमास-५ नामबाट नेपाल ल्याउने योजना बनाएको छ ।
मूल्यका हिसावले ४० लाख हाराहारी रहने इमास-५ ले बीवाइडी डल्फीनसँग सिधा प्रतिस्पर्धा गर्नेछ । यसको लम्बाई ४१३५ एमएम, चौडाइ १८०५ एमएम र उचाइ १५७० एमएम छ ।
जिलीले यसमा ५८ किलोवाट क्षमताको मोटर दिएको छ । उक्त मोटरले १३० एनएम टर्क प्रदान गर्छ । सानो मोटरलाई पावर दिन ३०.१२ किलोवाट आवर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री दिइएको छ ।

यसमा अर्को ८५ किलोवाट क्षमताको मोटर दिइएको छ । उक्त मोटरले भने १५० एनएम टर्क दिन्छ । यसमा ४०.१६ किलोवाट आवरको ब्याट्री छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ४१० किलोमिटर रेन्ज दिने सीएलटीले प्रमाणित गरेको छ । कम्पनीले यसमा ‘जिली सेन्डम ब्याट्री सेफ्टी सिस्टम’ दिएको छ ।
पाँच जनाले आरामदायी यात्रा गर्न मिल्ने ह्याचव्यालाई ३.३ किलोवाटको एसी र ८० किलोवाटसम्मको डिसी फास्ट चार्जर सपोर्ट गर्छ । सुरक्षाको लागि एडास २.० फिचर उपलब्ध कारमा थुप्रै आधुनिक फिचर छन् ।
८.८ इन्चको इन्ट्रुमेन्ट क्लष्टर, मल्टीफङ्गशनल स्टेरिङ ह्वील, १०.१ र १४.६ इन्चको स्कृन उपलब्ध छ । हाइकार कनेक्सन, ५० वाटको वायरलेस चार्जर, २५६ किसिमको २५६ कलर एम्बियन्ट लाइट, किलेस इन्ट्री, चार स्पीकर, ६ तरिकाले मिलाउन मिल्ने ड्राइभर सिट दिइएको छ ।

