एकदमै सस्तो ब्याजदरमा अप्रिलिया र भेष्पाका स्कुटर किन्न पाइने

काठमाडौं । प्रिमियम स्कुटर भेष्पा तथा अप्रिलियाको नयाँ वर्ष स्कीम सार्वजनिक भएको छ । भेष्पा अप्रिलियो नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी डेल्टा अटोकर्पले नयाँ वर्ष २०८२ को अवसरमा स्कीम सार्वजनिक गरेको हो ।

कम्पनीले ल्याएको नयाँ वर्ष स्कीममा नगद छुटदेखि एक्सचेन्जमा वोनस सुविधासम्म उपलब्ध छन् ।

कम्पनीले ‘खुसीयाली साटा-साट’ नाम दिएको नयाँ वर्ष स्कीममा भेष्पा अप्रिलियाको स्कुटर खरिद गर्दा ग्राहकले नगद १० हजार छुट पाउने छन् । फाइनान्स स्कुटर खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै कम्पनीले ४.९९ प्रतिशतमै कर्जा उपलब्ध गराउने भएको हो । फाइनान्समा स्कुटर किन्दा कुनै पनि अन्य शुल्क नलाग्ने तथा झन्झट रहित तरिकाले फाइनान्स सुविधा उपलब्ध गराउने कम्पनीका भनाई छ । यसमा ग्राहकले २४ महिनाको कर्जा सुविधा पाउने छन् ।

कम्पनीले एक्सचेन्जमार्फत स्कुटर किन्न चाहने ग्राहकलाई एक्सचेन्ज वोनससमेत उपलब्ध गराउने छ । ग्राहकले आफुसँग भएको कुनै पनि ब्रान्डको पुराना मोटरसाइकल तथा स्कुटर दिएर नयाँ भेष्पा अप्रिलियाका स्कुटर साट्न सक्नेछन् । यसरी एक्सचेन्ज गर्न चाहने ग्राहकले आफ्नो पुरानो मोटरसाइकल तथा स्कुटरको बजार मूल्यमा थप १० हजार रुपैयाँ थप मूल्याङ्कन पाउने छन् ।

डेल्टा अटोकर्पले भेष्पा तथा अप्रिलियाका १२५ सीसीदेखि १६० सीसीसम्मका स्कुटर नेपाली बजारमा बिक्री गर्दै आएको छ ।


Back_to_top