फोटोनले बेच्यो १ करोड कमर्शियल गाडी

काठमाडौं । फोटोनले विश्वभर १ करोड युनिट कमर्शियल गाडी बिक्री गर्न सफल भएको छ । उक्त उपलब्धीसँगै फोटोनलाई व्यावसायिक सवारी साधन उद्योगमा विश्वव्यापी अग्रणी कम्पनी बनाएको छ ।

फोटोनले आफ्नो उपस्थिति विश्वभर फैलाउँदै लगेको छ । यसले डिजिटल प्रविधि प्रयोग गरी व्यावसायिक सवारी साधनको आपूर्तिमा नयाँ स्तर कायम गरिरहेको छ। उच्चगुणस्तर र अत्याधुनिक प्रविधिको प्रयोगले फोटोनका ट्रक, बस तथा विशेष सवारीहरू धेरैको रोजाइमा पर्दै आएका छन् ।

नेपालमा पनि फोटोनका इन्टरनल कम्बस्चन र इलेक्ट्रीक सवारी साधनहरु एमएडब्लू वृद्धिले बिक्री बितरण गर्दै आएको छ ।


Back_to_top