काठमाडौं । जीकरको आधिकारीक बिक्रेता पायोनियर मोटोकर्पले २० प्रतिशत डाउन पेमेन्टमा नै ‘जीकर एक्स’ एसयूभी किन्न पाइने स्कीम ल्याएको छ । राष्ट्र बैंकले ईभीमा मूल्यको ६० प्रतिशत मात्रै कर्जा दिन पाउने ब्यवस्था गरेसँगै कम्पनीले ८० प्रतिशतसम्म कर्जा लिन पाइने स्कीम दिएको हो ।
कम्पनीले थोरै डाउन पेमेन्ट गरे पुग्नेसँगै ८.०५ प्रतिशत ब्याजदरमै कर्जा सुविधा पाइने जनाएको छ । चिनियाँ कम्पनी जिली ग्रुपको प्रिमियम न्यू इनर्जी ब्राण्ड जीकर निकै चर्चित छ । भोल्भोबाट प्रेरित चेसिस प्रयोग भएका कार जीकर ब्राण्डमा उत्पादन हुँदै आएका छन् ।
जीकर एक्स फिचर लोडेड कार हो । साथै, यसको रियर ह्वील ड्राइभमा २०० किलोवाटको इलेक्ट्रीक मोटर छ । जीकर एक्समा ६६ किलोवाट आवर लिथियम आयोन ब्याट्री दिएको छ । यसले ४४० किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।
यसको एक्सटेरियरमा प्रयोग भएको एजहरुले लुक्सलाई मोर्डन र फ्यूचरिस्टीक बनाएको छ । साथै, डलब एज डे टाइम रनिङ लाइट, यूनिक र मोर्डन टेल सेक्सनले धेरैलाई आकर्षित छ ।
निकै स्मार्ट हेडरेष्ट, ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, स्मार्ट इन्ट्रुमेन्ट क्लष्टर उपलब्ध कारमा दुई कलरमा सजिएको ड्यासबोर्ड पाउन सकिन्छ । इन्टेलिजेन्ट ककपीट दिइएको कारमा यूनिक एम्बियन्ट लाइट पाउन सकिन्छ । कम्पनीले यसको मूल्य ८४ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।


