जिकर एक्स टेष्ट ड्राइभ : यस्ता छन् लोभलाग्दा ५ फिचर

काठमाडौं । जिकर ब्राण्ड आफैँमा नयाँ हो । सन् २०२३ बाट मात्रै जिकर ब्राण्डका कार चिनियाँ बजारमा उत्पादन भएका हुन् । जिकर आफैँमा नयाँ ब्राण्ड भए पनि यसको माउ कम्पनी जिली होल्डिङ चिनियाँ अटोमोवाइल कम्पनीमा निकै पुरानो र शक्तिसाली ग्रुप हो ।

सन् २०२३ मा बजारमा आएर दुई वर्षभन्दा कम अवधिमा नै जिकर २४ देशमा फैलिएको छ । यो आफैमा जिली होल्डिङ ताकतभन्दा फरक पर्दैन । जिलीले प्रिमियम इलेक्ट्रीक ब्राण्डको रुपमा अगाडि ल्याएको जिकर नाडा अटो शो २०२४ बाट नेपालमा डेब्यू गरेको हो ।

मेरोअटो डटकमले यसलाई काठमाडौंदेखि मेलम्चीसम्मको बाटोमा टेष्ट ड्राइभ गरेको थियो । हामीले मेलम्चीसम्मको यात्रातय गर्नुमा १९१ एमएम अग्लो ग्राउन्ड क्लियरेन्स पहिलो कारण थियो ।

नेपालका सडक उकालो, ओरालो, कच्ची र समथर सबै किसिम छन् । हरेक बाटोमा ईभीको इफिसियन्सी र रेन्ज दुबै फरक आउने भएको कारण हामीले मेलम्चीको सडक छनोट गरेका थियौं ।

काठमाडौंको थापाथली, चाबहिल, साँखु, नगरकोट, कुन्ताबेसी हुँदै मेलम्चीसम्मको यात्रामा हामीले फरक बाटाहरु पायौं । पुनः त्यहि रुटबाट फर्केका थियौं । ती सबै बाटाहरुमा चलाईसकेपछि जिकर एक्सको ५ उत्कृष्ट फिचरको विषय उल्लेख गरेका छौं ।

जिकर कार्ड

हेर्दा र सुन्दा निकै सामान्य लाग्ने जिकर कार्ड निकै उपयोगी छ । तपाईले आफ्नो क्रेडिट वा डेबिड कार्ड राखे जस्तै आफ्नो पर्समा यसलाई बोकेर हिड्न सक्नुहुन्छ । यदि तपाईले साँचो गाडी भित्रै छाड्नु भयो भनेपनि यसको प्रयोगबाट गाडी अनलक गर्न सक्नुहुन्छ ।

पावरफुल मोटर

जिकर एक्सको सबैभन्दा बलियो पक्ष यसको पर्फमेन्स हो । पावर चाहने जोकोहीलाई यसले राेमांचित बनाउँछ । २०० किलोवाटको रियर ह्वील ड्राइभ मोटरको इन्स्ट्यान्ट  छर्कले अलगै ड्राइभिङ अनुभव दिलाउँछ ।

स्मार्ट ककपीट

मेमोरी सिट, वेलकम सिट, निकै प्रिमियम ड्यासबोर्ड, फोल्ड गर्न मिल्ने आमरेष्ट र आमरेष्टमा पकेट बनाएर दिइएको ५० वाटको वायरलेस चार्जर निकै स्मार्ट छ । धेरै कुरा इन्फोटेन्टमेन्ट सिस्टममै समेटिएको कारण नयाँ चालकलाई सबै फिचर थाहापाउन केही समय लाग्छ । तर, थाहापाएसँगै त्यसलाई चलाउन निकै सजिलो हुन्छ । यसमा निकै स्मार्ट तरिकाले चालक डिटेक्सन र इन्ट्रुमेन्ट क्लष्टर दिइएको छ । हरेक पटक चालकले ड्राइभिङ बाहिर ध्यान दिएमा गाडीले वार्न गर्नेछ ।

एड्भान्स ३६० डिग्री क्यामेरा

यसमा दिइएको ३६० डिग्री क्यामेरा निकै एड्भान्स छ । तपाईलाई चाहिएको दिशामा यसको प्रयोग गर्न सक्नु हुन्छ । गाडी मुनीको अवस्था पनि तपाई यहि क्यामेरा भित्र पाउनु हुनेछ । साथै, सेल्फ पार्किङको सुविधा पनि यहि भित्र पाउन सकिन्छ ।

आधुनिक एक्सटेरियर

सबैलाई कायल पर्ने फ्रन्ट डिजाइन यसमा छ । पूर्णत नयाँ डिजाइनको एलइडी डे टाइम रनिङ लाइट। यूनिक हेडल्याम्प र बोनेटको बीचमा राखिएको जिकरको लागो निकै उत्कृष्ट देखिन्छ । कार दौडदा चितुवा दौडिरहेको फिल आउँछ । बडी प्यानलमा प्रयोग भएको कटिङ एज टेक्नोलोजी र पछाडि भागमा दिइएको स्पोर्टी बम्परले एक्सटेरियर निकै स्टाइलिस देखिन्छ । अझ पछाडिको ब्रेक लाइट र बीचमा दिइएको जिकरको लोगो निकै स्मार्ट छ ।


Back_to_top