आयो संसारकै सबैभन्दा सस्तो हाइब्रिड कार

काठमाडौं । अमेरिकी कम्पनी जनरल मोटर्स, चिनियाँ कम्पनीहरु एसएआइसी र विलिङ मिलेर स्थापना गरेको विलिङ ब्राण्डमा संसारकै सबैभन्दा सस्तो मूल्यको हाइब्रिड (आरईभी) मोडल सार्वजनिक भएको छ । मिनिभ्यान डिजाइनमा रहेको उक्त ईभी फुल ट्याङ्की पेट्रोल र फुल चार्जमा १००० हजार किलोमिटर रेन्ज दिनेछ ।

कम्पनीले ‘होङगुआङ आरईभी’ नाम दिएर आएको मोडलको सुरुवाती मोडल ९ हजार ४०० देखि १० हजार १०० डलर मूल्य तोकिएको छ । होङगुआङ मोडलको लम्बाइ ४५१५ एमएम, चौडाइ १७२५ एमएम र उचाइ १७९० एमएम छ । यसलाई कम्पनीले ५ र ७ सिट क्षमतामा ल्याएको छ ।

कम्पनीले यसको टप भेरियन्टमा ८ इन्चको स्कृन, दुई एयरब्याग, रियर भ्यू क्यामेरा, रियर पार्किङ सेन्सर, एलइडी हेडलाइट, डी आकारको स्टेरिङ ह्वील दिइएको छ ।

विलिङले यसमा १.५ लिटर क्षमतको नेचुरल्ली एस्पायर्ड इन्जिन दिएको छ । उक्त इन्जिनले केबल जेनेरेटरको काम गर्नेछ । यसमा पछाडि चक्कामा दिइएको इलेक्ट्रीक मोटरले ७५ किलोवाट पीकपावर प्रदान गर्छ ।

होङगुआङ आरईभीमा ८.५ किलोवाट आवरको एलएफपी ब्याट्री दिएको छ । यसको इलेक्ट्रीक मात्रैको रेन्ज ५० किलोमिटर रहेको छ । साथै, यसमा ५५ लिटरको पेट्रोल ट्याङ्की रहेको छ । यसले १०० किलोमिटर यात्रा गर्न केबल ५.१८ लिटर पेट्रोल खर्च हुन्छ ।


Back_to_top