हुन्डाइको नयाँ जेनेरेशन हाइब्रिडले ४५% धेरै माइलेज दिने, पावर पनि बढी

काठमाडौं । कोरियन अटामोबाइल जायन्ट हुन्डाई मोटर्स ग्रुपले नयाँ जेनेरेनशन हाइब्रिड पावरट्रेन सिस्टम ल्याएको छ ।

कम्पनीले सार्वजनिक गरेको नयाँ जेनेरेनशन हाइब्रिडले पहिलाको हाइब्रिडभन्दा ४५ प्रतिशत धेरै माइलेज दिने भएको हो ।

कम्पनीले नयाँ जेनेरेशन हाइब्रिडमा दुईवटा इलेक्ट्रीक मोटर दिएको छ । पी १ र पी२ नाम भएका यी दुई मोटर फरक फरक विशेषता छन् ।

पी१ मोटरले ब्याट्रीको लागि इनर्जी जेनेरेट गर्छ । यसले आवश्यक पर्दा इन्जिन स्टार्ट गर्दा र पावर असिस्ट गर्नुपर्दा इनर्जी सप्लाइ गर्छ । पी२ मोटरले भने सिधै चक्का गुडाउँछ । यो इन्जिनले चक्का घुमाउने र रिजेनेरेटिभ ब्रेकिङको समेत काम गर्छ ।

दुवै मोटर इन्ट्रिग्रेटेड भएर ड्युल मोटर सेटअप भएमा यसको पर्फमेन्स र पावर आउटपुट बढ्नुको साथै फ्युल इफिसियन्सी समेत बढाउँछ ।

यो इन्जिन भएको गाडी चलाउँदा चालकलाई रिफाइन ड्राइभिङ एक्सपिरियन्स प्राप्त हुनुको साथै गियर ट्रान्जिसनको फिल नै हुँदैन । नोइज र भाइब्रेसन समेत कम हुन्छ ।

यो नयाँ हाइब्रिड पावरट्रेनले हुन्डाईको कारमा पहिलादेखिनै रहेको भेहिकल टु लोड, स्टेमोड तथा रिजेनेरेटिभ ब्रेकिङ जस्ता एड्भान्स फिचर सपोर्ट गर्छ ।

हुन्डाईका यो नयाँ ड्युल मोटर सेटअप पहिलादेखिनै प्रयोगमा रहेको हुन्डाईको आईसीइ इन्जिनसँग सजिलै काम गर्न सक्छ । कम्पनीले विकास गरेको यो नयाँ हाइब्रिड पावरट्रेनको पावर १०० देखि ३०० पीएस सम्मको हुन्छ । यो इन्जिन सबकम्प्याक्टदेखि ठूलो साइजको भेहिकल सबैलाई उपयुक्त हुने कम्पनीको दाबी छ ।

हुन्डाईले नेक्स्ट जेनेरेशन हाइब्रिड पावरट्रेनको साथमा आगामी मोडलहरूमा प्रयोग हुने थुप्रै नयाँ टेक्नोलोजी समेत सार्वजनिक गरेको छ । यसमा रियर एक्सेल माउण्टेड पी४ ड्राइभिङ मोटर भएको ई एडब्लूडी सिस्टम रहेको छ । त्यस्तै, अर्को ई भीएमसी २.० इन्जिन रहेको छ । जसले राइड कम्फर्ट र ड्राइभ स्टेबिलिटी बढाउँछ । यसले फ्रन्ट र रियर ड्राइभिङ मोटरको टर्क कन्ट्रोल गर्छ ।

 


Back_to_top