यी हुन् १०२ किलोमिटरसम्म माइलेज दिने बाइक, मूल्यसमेत कम

काठमाडौं । पेट्रोलको मूल्य दिनदिनै बढिरहँदा मोटरसाइकल चढ्नेहरूका लागि चिन्ता लाग्नु स्वभाविक हो । त्यो चिन्ता कम गर्न सवारी उत्पादक कम्पनीहरूले उच्च माइलेज दिने मोटरसाइक बनाइरहेका छन् । भारतीय बजारमा सबैभन्दा धेरै माइलेज दिने मोटरसाइकको सूचीमा कुन-कुन परेका छन् ? जुन नेपाली बजारमा समेत उपलब्ध रहेको छ .

हिरो स्प्लेन्डर आईथ्रीएस

हिरो स्प्लेन्डर आईथ्रीएसले प्रतिलिटर पेट्रोले १ सय २.५ किलोमिटर माइलेज दिने दाबी गरेको छ । यो मोटरसाइक ९७.२ सीसी इञ्जिन क्षमताको हो । यो मोटरसाइकलको सुरुवाती मूल्य दिल्लीमा ५१ हजार ९ सय ११ भारु रहेको छ । नेपाली बजारमा समेत यो बाइकको बिक्री निकै राम्रो रहेको छ ।  

बजाज प्लाटिना १०० ईएस

बजाज प्लाटिनाले प्रतिलिटर पेट्रोलले ९६.६ किलोमिटर माइलेज दिन्छ । यो मोटरसाइकल १ सय २ सीसी इञ्जिन क्षमताको हो । प्लाटिनाको मूल्य ४७ हजार १ सय ५५ भारु रहेको छ र यो बजाजको धेरै बिक्री हुने मोटरसाइकल मध्ये एक हो । 

टीभीएस स्पोर्ट

यो मोटरसाइकल प्रतिलिटर पेट्रोलले ९५ किलोमिटर कुदाउन सकिने टीभीएसले जनाएको छ । टीभीएस स्पोर्टमा ९९.७७ सीसीको इञ्जिन छ, जसको मूल्य ३९ हजार ९ सय ६३ भारु पर्छ । 

महिन्द्रा सेन्टुरो 

१ सय ६.७ सीसी इञ्जिन क्षमताको महिन्द्रा सेन्टुरोले प्रतिलिटर ८५.२ किलोमिटर माइलेज दिन्छ । यो मोटरसाइकलको नयाँदिल्लीमा ४८ हजार १ सय ३० भारु पर्दछ । 

यामाहा सलुटो आरएक्स

यामाहाको सलुटोले प्रतिलिटर पेट्रोलले ८२ किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ । एक सय १० सीसीको यो मोटरसाइकलको मूल्य नयाँदिल्लीमा ५३ हजार ८ सय ९८ भारु तोकिएको छ । 

टीभीएस भिक्टर

यो मोटरसाइकलले प्रतिलिटर पेट्रोलले ७६ किलोमिटर माइलेज दिन्छ । टीभीएस भिक्टरमा १ सय ९.७ सीसीको इञ्जिन छ, जसको मूल्य ५३ हजार २ सय ९५ भारु तोकिएको छ । 

सुजुकी हायाते

सुजुकीको हायाते मोटरसाइकलले प्रतिलिटर पेट्रोलले ७६ किलोमिटर माइलेज दिने दाबी कम्पनीको छ । यो मोटरसाइकलमा १ सय १३ सीसीको इञ्जिन छ, जसको मूल्य ५२ हजार ९ सय ५३ भारु रहेको छ ।


Back_to_top