स्कुटर रिभ्यू : ‘फन टु राइड’ क्षमता भएको स्ट्रोम-१२५ बीएस ६

काठमाडौं । युनिसेक्स स्कुटर भनेर चिनिने १२५ सीसी सेग्मेन्ट नेपालमा निकै सफल भयो । घरका सबै सदस्यले चलाउन सक्ने तथा पावर र पर्फमेन्स उत्कृष्ट भएको कारण पावर फुल स्कुटरको बिक्री बढ्यो ।

पावर फुल सेग्मेन्टमा आएको एनटर्क-१२५ ले छोटो समयमा नै नेपालमा १ लाख युनिट बिक्री पुरा गरेको थियो । यहि सेग्मेन्टमा उपलब्ध अर्को पावर फुल र आक्रामक डिजाइनमा पाइने अप्रिलिया स्ट्रोम-१२५ बलियो प्रतिस्पर्धी हो ।

अप्रिलिया स्ट्रोम १२५ अग्रेशिभ डिजाइन, अफरोड क्षमाता भएको स्कुटर हो । कम्पनीले रेसिङ थेममा तयार पारेको स्कुटर अफरोडका लागि समेत उपयुक्त मानिने डबल पर्पस टायर दिएको छ । स्ट्रोम-१२५ मा १२५ सीसी क्षमाताको इन्जिन छ । त्यसैले यसको पावर पनि उत्कृष्ट छ । यसमा रहेको इन्जिनले ९.३ बीएच पावर र १०.७३ एनएम टर्क जेनेरेट गर्छ ।

यसमा प्रयोग भएको ‘बीएस-सिक्स ओबीडी टु इन्जिन’ले पर्फमेन्स र माइलेज दुबैको कम्बाइन प्याकेज दिन्छ । यो स्कुटरको मिड पर्फमेन्स एकदमै राम्रो छ । ४ हजारदेखि ७ हजार आरपीएममा यसको पिक पर्फमेन्स देख्न पाइन्छ ।

स्ट्रोम-१२५ मा ६ लिटर पेट्रोल अट्ने फ्यूल ट्याङ्की दिइएको छ । यसलाई एक लिटर पेट्रोलबाट ३० देखि ३५ किलोमिटर गुडाउन सकिन्छ । पावरफुल सेग्मेन्टमा पाइने यसको रेन्ज राम्रो मान्न सकिन्छ ।

अप्रिलियाले यसको ह्यान्डल पोजिशन केही माथि राखेको छ । स्कुटरमा कमै देख्न पाइने अपराइड ह्यान्डलबार दिइएको छ । यसले राइडरको हातमा धेरै प्रेसर पर्न दिँदैन । अगाडि टेलिस्कोपिक र रियरमा दिएको मोनोशक सस्पेन्सनले राम्रै काम गर्छ । सिट एकदमै सफ्ट छ । यसमा बसेर यात्रा गर्ने राइडर पिलियन दुबैलाई अप्ठ्यारो हुँदैन । अप्रिलियाको छुट्टै किसिमको एक्जष्ट साउन्डले राइड गर्दा रमाइलो अनुभूति गराउँछ ।

स्ट्रोम-१२५ स्कुटरको पावर कन्ट्रोल गर्न अगाडि डिस्क ब्रेक र रियरमा ड्रम ब्रेक छ । कम्बाइन ब्रेकिङ सिस्टमले यो स्कुटरलाई सन्तुलित तरिकाले रोक्न सक्षम बनाएको छ । यसमा हाफ हेलमेट राख्न सकिने अन्डरसिट स्टोरेज छ । त्यस्तै सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ ।

समग्रमा १२५ सीसी सेग्मेन्टमा अन्य चल्तिका स्कुटरसँग प्रतिस्पर्धा गर्न सक्ने यो स्कुटरमा सुधार गुर्न पर्ने केही कुराहरू भने छन् । यो स्कुटरमा इन्जिन किल स्वीच र साइड स्ट्यान्ड सेन्सर उपलब्ध छैन । अहिले चल्तिका स्कुटरमा हुने एलइडी डीआरएल सहितको हेडल्याम्प सेटअप यसमा पाइँदैन । कम्पनीले हेलोजन सेटअप दिएको छ ।

भेष्पा अप्रिलिया नेपालमा बिक्री गर्दै आएको डेल्टा अटोकर्पले २ लाख ७८ हजार ९०० रुपैयाँ तोकेर बिक्री गर्दै आएको यो स्कुटरमा अहिल विभिन्न स्कीम उपलब्ध छ ।

 

 

माइलेज, पावर र डिजाइन राम्रो भएको स्कुटरको खोजीमा हुनेका लागि यो स्कुटर उपयुक्त हुन्छ । सहरी बाटोमा स्टाइलिस देखिने यो स्कुटरमा भएको अफरोड ग्राफिक जस्तै सप्तान्हमा कतै डाँडाकाँडा जान चाहानालाई पनि पुरा गर्न सक्छ । समग्रमा ‘फन टू राइड स्कुटर’ हो अप्रिलिया स्ट्रोम-१२५ बीएस सिक्स मोडल ।


Back_to_top