काठमाडौं । जिलीले चिनियाँ बजारमा रेडारा पीकअपको हाइब्रिड भर्सन सार्वजनिक गरेको छ । रेडारा ‘किङकंङ ईएम पी’ नाम दिएको हाइब्रिड पीकअप नेपालमा समेत लन्च हुने सीजी मोटर्सले जनाएको छ ।
रेडाराको हाइब्रिड पीकअप नेपालमा आरडी-६ इएमपी नाममा आउने कम्पनीले जनाएको छ । जिलीले यसमा १.५ लिटर क्षमताको टर्बो चार्ज्ड इन्जिनको साथमा ३ डीएचटी गियरबक्स र दुईवटा इलेक्ट्रीक मोटर रहेको छ ।
इलेक्ट्रीक मोटर पनि पावरफुल छ । यसमा २६० किलोवाट इलेक्ट्रीक मोटर छ । इन्जिन र इलेक्ट्रीक मोटरको संयुक्त पावर ३४९ हर्स पावर र टर्क ९१४ न्युटन मिटर हुनेछ ।
फोर ह्वील ड्राइभ अप्सनमा आउने रेडारा आरडी-६ ईएमपीको अफरोड रेन्पन्स टाइम मात्र २० मिलिसेकेण्ड रहेको छ । यस पीकअपले स्नो, मड, अफरोड र स्याण्डमा फोर ह्वील ड्राइभ बुस्ट गर्छ । १ हजार केजीसम्म लोड बोक्ने क्षमता भएको रेडारा हाइब्रिड पीकअपले ३३ डिग्रीसम्मको हिलमा चढ्न सक्छ । लोड बिना भने यो क्षमता ४५ डिग्री छ ।
रेडाराको हाइब्रिड पीकअपमा १९.०९ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक रहेको छ । यसको इलेक्ट्रीक रेन्ज १०० किलोमिटर हुने सीएलटीसीले प्रमाणित गरेको छ ।
कम्पनीका अनुसार उक्त पीकअपको ब्याट्री र ६० लिटर इन्धनको रेन्ज १०६८ किलोमिटरसम्म रहेको छ । यो हाइब्रिड पीकअपमा भीटुएल र भीटुभी जस्ता फिचर समेत छन् ।


