सेजमा स्थापना हुने नयाँ उद्योगले ३ वर्षको भाडा छुट पाउने

काठमाडौं । सरकारले विशेष आर्थिक क्षेत्र (सेज)मा स्थापना हुने नयाँ उद्योगलाई ३ वर्षको भाडा छुट दिने भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट
पेश गर्दै यस्तो घोषणा गरेका हुन् ।

त्यस्तै, उनले काठमाडौं उपत्यकामा रहेका उद्योगहरु उपत्यकाबाहिर स्थान्तरण हुँदा ५ प्रतिशतमा सहुलियतपूर्ण ब्याजमा कर्जा उपलब्ध गराइने घोषणा गरेका छन् ।


Back_to_top