काठमाडौं । सरकारले काठमडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि आगामी वर्षका लागि ४ अर्ब १५ करोड रुपैयाँ बजेट छुट्याएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट पेश गर्दै उक्त रकम विनियोजन गरेका हुन् ।
त्यस्तै, उनले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने विमान कम्पनीहरुलाई सहुलियत दिने घोषणा गरेका छन् ।
त्यस्तै, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउने घोाषणा गरेका छन् ।


