काठमाडौं । अब नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउने भएका छन् ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट पेश गर्दै यस्तो घोषणा गरेका हुन् ।
अर्थमन्त्री पौडेलले नेपाली निर्यातकलाई कुल निर्यातको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न दिने बताएका हुन् ।
हाल नेपालीलाई विदेशमा लगानी गर्न प्रतिबन्ध छ ।


