काठमाडौं । बजेटपछि दिपलले आफ्नो सर्वाधिक बिक्री भइरहेको मोडल एस–०५ को मूल्य वृद्धि गरेको छ । कम्पनीले एस-०५ प्लस र एस-०५ म्याक्स दुबैको मूल्य बढाएको हो ।
एमएडब्लू वृद्धि अन्तर्गत बिक्री वितरण हुँदै आएको दिपल एस-०५ प्लस मोडलको मूल्य बजेट अगाडि ५३ लाख ९९ हजार रुपैयाँ थियो । बजेटपछि कम्पनीले ४ लाख रुपैयाँले मूल्य बढाएर ५७ लाख ९९ हजार बनाएको हो ।
त्यसैगरी सबैभन्दा धेरै बिक्री भएको एस-०५ म्याक्स मोडलमा ३ लाख रुपैयाँले मूल्य बढाइएको छ । कम्पनीले यसअघि ५९ लाख ९९ हजार मूल्य कायम गरेर बिक्री गर्दै आएको म्याक्स मोडल अब ६२ लाख ९९ हजार रुपैयाँ बनाइएको छ ।
अहिले बजारमा हटकेक मोडल बनिरहेको एस-०५ का दुबै मोडलमा मूल्य बढेसँगै उपभोक्ताले आफ्नो रोजाइको मोडल किन्दा अतिरिक्त रकम खर्च गर्नु पर्ने भएको छ ।
दिपल एस-०५ मा २० इन्चको अलोय ह्वील दिइएको छ । फ्रेम लेस डोर, हिडन फ्लस डोर ह्याण्डल, स्लेन्डर हेडलाइट र क्लोज फ्रन्ट ग्रिलको प्रयोगले एस-०५ निकै आकर्षक देखिएको छ ।
एसयूभीको पछाडि कनेक्टेड टेललाइटबमर, एल्मुनियटेड लोगो, हाइ माउण्टेड ब्रेक लाइट, पानारोमीक शनरुफको प्रयोगले प्रतिस्पर्धीभन्दा बलियो देखिएको छ ।
दिपल एस-०५ लम्बाइ ४६२० एमएम, चौडाइ १९०० एमएम र उचाइ १६०० एमएम छ । ९९ किलोवाटको इलेक्ट्रीक मोटर र ५६.१२ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री दिइएको छ ।
यसको रेन्ज, कम्र्फट र फिचर लोडेड क्याविनको कारण धेरै मानिसको रोजाइमा एस-०५ पर्दै आएको हो ।


