क्लासिक टेकले खोज्यो डिलर पार्टनर, बिना लगानी आम्दानी गर्ने अवसर

काठमाडौं । इन्टरनेट नेटवर्क सेवाप्रदायक कम्पनी क्लासिकटेकले डिलर पार्टनर आह्वान गरेको छ।

कम्पनीले आफ्नो सेवालाई विस्तार प्रभावकारी बनाउन थप डिलरका लागि आह्वान गरेको हो ।

कम्पनीका अनुसार शून्य लगानीमा डिलर पार्टनर बन्न सकिने छ । डिलर एपमार्फत फोनबाट सजिलै जताबाट पनि मासिक २० हजार रुपैयाँसम्म आम्दानी गर्न सकिने कम्पनीले जनाएको छ ।

डिलर पार्टनर एप निकै सहज भएकोले ३ क्लिक मा कमाई हुने र झन्झट नहुने पनि कम्पनीको भनाइ छ। इन्टरनेट र टीभी जडान बापत प्रति जडानमा १ हजार ४०० रुपैयाँसम्म बसिबसी कमाउन सकिनेछ ।

डिलर पार्टनर बन्न इच्छुक व्यक्तिले गूगल प्ले स्टोर र एप स्टोरबाट डिलर पार्टनर एप लगइन गरेर केवासी फाराम प्रमाणित गर्नुपर्ने कम्पनीले बताएको छ।


Back_to_top