काठमाडौं । चेरी मोटर्सले ‘नयाँ क्यूक्यू डोमी’ ह्याचब्याक कार चीनमा सार्वजनिक गरेको छ । कम्पनीले उक्त सिटी कारलाई १२ लाख नेपाली रुपैयाँ (८ हजार ३०० अमेरिकी डलर) सुरुवाती मूल्य तोकेर बिक्री सुरु गरेको हो ।
अटो संघाई २०२५ मा देखाएको क्यूक्यू डोमी ह्याचव्याक पाँच सिट क्षमताको कार हो । यसमा २८.५ र ३९.३३ किलोवाट आवारको एलएफपी ब्याट्री प्याक दिएको छ । यी दुई ब्याट्रीले क्रमशः ३०५ र ४०५ किलोमिटर रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ ।
चेरी क्यूक्यू डोमीको लम्बाइ ३७२० एमएम, चौडाइ १७०० एमएम, उचाइ १६०८ एमएम छ । यसमा २५२० एमएम लामो ह्वीलवेस पाउन सकिन्छ । युथफुल डिजाइन ल्याङ्वेजमा बनेकोले धेरै स्थानमा राउण्डेड कन्टुओर्स प्रयोग भएको देखिन्छ ।
चेरीले यसमा एलइडी हेडलाइट, ट्रापेजोडियल लोअर ग्रील, हिडन डोर ह्याण्डल, व्ल्याक आउट सी पिल्लर र फ्लोटिङ रुफ इफेक्ट दिएको छ ।
बाहिरबाट जस्तै भित्रबाट पनि यसलाई सुन्दर बनाउन खोजिएको छ । ड्यासबोर्डमा र्याप अराउण्ड इन्टेरियर लेआउट सहितको प्राक्टिकल टेक पाउन सकिन्छ । ब्ल्याक एण्ड ग्रे र पिङ्क एण्ड ग्रे कलरमा सजिएको इन्टेरियर पाउन सकिन्छ ।
क्यूक्यू ईभीमा ७ इन्चको डिजिटल इन्ट्रुमेन्ट प्यानल, १०.२५ इन्चको फ्ल्ओटिङ सेन्टर टचस्कृन, भ्वइस रिकग्नीसन, किलेस इन्ट्री, एप वेसको भेहिकल कन्ट्रोल फिचर दिएको छ । गियर सेलेक्टर पनि स्टेरिङ कोलममै छ ।
कम्पनीले क्यूक्यू डोमी ह्याचव्याकमा ४० किलोवाटको फ्रन्ट माउण्टेड मोटर दिएको छ । जसले ११० न्यूटन मिटरको टर्क दिन्छ । यसको तिब्रगति क्षमता १०० किलोमिटर प्रतिघन्टासम्म छ ।
नेपाली बजारमा यो कार केई ब्राण्डमा इक्यूट-०४ नामबाट बिक्री हुँदै आएको छ ।


